शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

सिभिल बैंकको नाफा ५५ करोड ९३ लाख, प्रतिसेयर आम्दानीमा सुधार 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन ३१ २०७८
सिभिल बैंकको नाफा ५५ करोड ९३ लाख, प्रतिसेयर आम्दानीमा सुधार 

सिभिल बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा ५५ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आवको सोही अवधिमा बैंकले ५५ करोड ५० लाख रुपयाँ खुद नाफा आर्जन गरेको थियो।

काठमाडौं- सिभिल बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा ५५ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आवको सोही अवधिमा बैंकले ५५ करोड ५० लाख रुपयाँ खुद नाफा आर्जन गरेको थियो।

अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकले गत आवमा ४३ लाख रुपियाँले मात्रै खुद नाफा बढाउन सकेको हो। यो बैंकको वितरणयोग्य मुनाफा ४९ करोड ८५ लाख रुपैयाँ मात्र रहेको छ। बैंकको चुक्ता पूँजी आठ अर्ब ६४ करोड रहेको छ। बैंकको संचालन मुनाफा अघिल्लो वर्षमा ९० करोड ८८ लाख रुपैयाँ थियो।

बैंकले ८८ अर्ब ६३ करोड रुपियाँ निक्षेप संकलन गरेर ७९ अर्ब ६ करोड रुपियाँ कर्जा लगानी गरेको छ। बैंकको प्रतिसेयर आम्दानी पनि ५.७१ रुपैयाँबाट बढेर ६.४७ मात्र पुगेको छ । बैंकको जगेडा कोषमा एक अर्ब ५० करोड रुपियाँ रहेको छ।

अघिल्लो वर्ष २.३८ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटेर १.०५ प्रतिशत कामय रहेको छ। यो बैंकको कस्ट अफ फण्ड ६.४६ प्रतिशत, आधार दर ७.८३ प्रतिशत, सीडी रेसियो ८०.३२ प्रतिशत, मूल्य आम्दानी अनुपात ४४.१९ गुणा, प्रतिसेयर नेटवर्थ १२३.६७ रुपैयाँ छ।


प्रकाशित : आइतबार, साउन ३१ २०७८०५:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend