बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

सिभिल बैंकको नाफा ५५ करोड ९३ लाख, प्रतिसेयर आम्दानीमा सुधार 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन ३१ २०७८
images
images
सिभिल बैंकको नाफा ५५ करोड ९३ लाख, प्रतिसेयर आम्दानीमा सुधार 

सिभिल बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा ५५ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आवको सोही अवधिमा बैंकले ५५ करोड ५० लाख रुपयाँ खुद नाफा आर्जन गरेको थियो।

images
images

काठमाडौं- सिभिल बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा ५५ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा अघिल्लो आवको सोही अवधिमा बैंकले ५५ करोड ५० लाख रुपयाँ खुद नाफा आर्जन गरेको थियो।

images
images

अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकले गत आवमा ४३ लाख रुपियाँले मात्रै खुद नाफा बढाउन सकेको हो। यो बैंकको वितरणयोग्य मुनाफा ४९ करोड ८५ लाख रुपैयाँ मात्र रहेको छ। बैंकको चुक्ता पूँजी आठ अर्ब ६४ करोड रहेको छ। बैंकको संचालन मुनाफा अघिल्लो वर्षमा ९० करोड ८८ लाख रुपैयाँ थियो।

images
images

बैंकले ८८ अर्ब ६३ करोड रुपियाँ निक्षेप संकलन गरेर ७९ अर्ब ६ करोड रुपियाँ कर्जा लगानी गरेको छ। बैंकको प्रतिसेयर आम्दानी पनि ५.७१ रुपैयाँबाट बढेर ६.४७ मात्र पुगेको छ । बैंकको जगेडा कोषमा एक अर्ब ५० करोड रुपियाँ रहेको छ।

images
images

अघिल्लो वर्ष २.३८ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटेर १.०५ प्रतिशत कामय रहेको छ। यो बैंकको कस्ट अफ फण्ड ६.४६ प्रतिशत, आधार दर ७.८३ प्रतिशत, सीडी रेसियो ८०.३२ प्रतिशत, मूल्य आम्दानी अनुपात ४४.१९ गुणा, प्रतिसेयर नेटवर्थ १२३.६७ रुपैयाँ छ।


प्रकाशित : आइतबार, साउन ३१ २०७८०५:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend