आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

गुण एयरलाइन्सको काठमाडौं–भैरहवा उडान सुरु

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २२ २०७८
गुण एयरलाइन्सको काठमाडौं–भैरहवा उडान सुरु

निजी वायुसेवा कम्पनी गुण एयरलाइन्स ले ३० सिटको जेट्स्ट्रीम जहाज द्वारा भैरहवामा पहिलोपटक नियमित उडान शुरु गरेको छ । 

काठमाडौं- निजी वायुसेवा कम्पनी गुण एयरलाइन्स ले ३० सिटको जेट्स्ट्रीम जहाज द्वारा भैरहवामा पहिलोपटक नियमित उडान सुरु गरेको छ । 

आफ्ना दुइवटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती  पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमान बाट उडान थाल्ने क्रममा बिच एअरक्राफ्ट  द्वारा भरतपुर पोखरा र तुम्लिङटारमा भने नियमित उडान असोज १ गते देखि नै  सुरु गरेको थियो।

गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापा का अनुसार  यसैसाता देखिनै अन्य गन्तव्य  सिमरा,  ,जनकपुर , नेपालगन्ज , सुर्खेत र  बिराटनगर को लागि उडान भर्नेगरि तयारी गरिएको छ।

नेपाली हरुको महान चाड दशैलाइ लक्ष्यित गर्दै आफूहरु यात्रुहरु लाई सुरक्षित र भरपर्दो हवाइ सेवा सुबिधा दिन कुनै कसर बाकी नराख्ने र बर्तमान हवाइ भाडादरको चर्को प्रतिस्पर्धामा आफुहरु पनि उत्रेर गुणस्तरिय हवाइ सेवा दिन त्यसै अनुसार उडानहरु थप गर्दै आन्तरिक हवाइ बजारमा जाने थापा बाताए। 

गुण एयरलाइन्सले आन्तरिक विमानस्थलमा यात्रु हरुको लागि बातानुकुलित दुइवटा विद्युतीय बसको समेत संचालन  गरेको छ आन्तरिक विमानस्थलमा पहिलोपटक विद्युतीय बस सन्चालन गर्ने गुण एयरलाइन्स पहिलो निजि वायुसेवा कम्पनी  समेत भएको छ।


प्रकाशित : शुक्रबार, असोज २२ २०७८०२:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend