शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

सेतीमा पक्की पुल निर्माण गरिँदै

images
images
सेतीमा पक्की पुल निर्माण गरिँदै
images
images

कास्की-माछापुच्छ्रे गाउँपालिका २ र ३ जोड्ने गरी रातोपानीस्थित सेती नदीमा पक्की मोटरेवल पुल निर्माणको काम सुरु भएको छ। सो स्थानमा पुल नहुँदा वडा नम्बर २ सार्दिखोलाका बासिन्दा गाउँपालिकाको प्रशासकीय कार्यालय लाहाचोक आउजाउका लागि पोखरा पुग्नुपर्ने बाध्यता छ। 

images
images
images

लामो समयको प्रतिक्षापछि अहिले पुल निर्माणको काम अघि बढेपछि स्थानीय उत्साहित छन् । सेतीमा पुल नहुँदा झोलुङ्गे पुलबाट जोखिम मोलेर मोटरसाइकल वारपार भए पनि ठूला सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदैआएको छ। माछापुच्छ्रे-२  सार्दिखोलाका पुष्पराज गौतमले प्रदेश सरकारबाट बजेट विनियोजन भएर पुल निर्माणको काम भइरहेको बताए। 

images

उनले भने, 'पुल नहुँदा हामीलाई धेरै सास्ती थियो, गाउँपालिका मुकाम जानसमेत पोखरा भएर जानुपर्ने बाध्यता छ। अहिले पुल निर्माणको काम सुरु हुँदा खुशी छौँ। यसै वर्षभित्र  पुलको काम सकिए अर्को बर्खायामा सहज हुन्थ्यो।' गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालको पहलमा पुल निर्माण थालिएको हो। उनले नै पुलको शिलान्यास गरेका थिए।  

images

माछापुच्छ्रे-२ सार्दिखोला र वडा नं ३ घाचोक जोड्ने गरी प्रदेश सरकारको ० करोड ४३ लाख ५७ हजार रुपैयाँ लागतमा पुल निर्माण गर्न हिमदुङ एण्ड थोकर र राम जानकी जेभी काठमाडौँसँग ठेक्का सम्झौता भएको छ।  पूर्वाधार विकास कार्यालय कास्कीका अनुसार सो पुल आगामी २०८० साउनसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ। पुलको लम्बाइ ७० मिटर छ।

images
images

गण्डकी प्रदेश सरकारले पाँच वर्षको अवधिमा माछापुच्छ्रेमा दुई पक्की मोटरेवल पुल निर्माण गरेको छ भने तीनवटाको काम भइरहेको छ। माछापुच्छ्रे-६ इदीखोलामा भिँडाबारी र डाँडागाउँ जोड्ने गरी पक्की पुल बनेपछि सञ्चालनमा आएको छ । 

यसैगरी वडा नं ५ रिभानस्थित खहरेखोलामा समेत मोटरेवल पुल निर्माण गरिएको छ। वडा नं ६ र ४ लाहाचोक जोड्ने पक्की पुलका लागि गण्डकी प्रदेश सरकारबाट चालू आर्थिक वर्षमा रु पाँच करोड ५० लाख विनियोजन गरिएको छ । यसैगरी वडा नं १ को धिप्राङ खोलामा मोटरेवल पुल निर्माण गर्न रु ५० लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए।

images

प्रकाशित : बुधबार, कात्तिक ९ २०७९०४:२६

प्रतिक्रिया दिनुहोस