आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

आयल निगमले भन्यो–दसैँ बिदामा कुनै पनि पेट्रोल पम्प बन्द नगर्नू

शुक्रबार, असोज २२ २०७८
आयल निगमले भन्यो–दसैँ बिदामा कुनै पनि पेट्रोल पम्प बन्द नगर्नू

नेपाल आयल निगमले दसैँ विदामा कुनै पनि पेट्रोल पम्पहरु बन्द नराख्न दिर्नेशन दिएको छ।

काठमाडौं- नेपाल आयल निगमले दसैँ विदामा कुनै पनि पेट्रोल पम्पहरु बन्द नराख्न दिर्नेशन दिएको छ।

पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दसैंको बिदामा डिपोहरू खुला राख्ने निर्णय समेत निगमले गरेको छ। बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पनि डिपोहरू खुला राख्न निर्देशन दिइएको निगमले जनाएको छ। 

दसैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पम्पहरू खुला राख्न निगमले निर्देशन दिएको निगमले जनाएको छ। 

निगमका अनुसार सामान्य अवस्थाको तुलनामा दसैँ, तिहारमा करिब २५ प्रतिशतले पेट्रोलियम पदार्थको माग बढ्छ। आपूर्ति सहज भएकाले समस्या नहुने निगमको दाबी छ। हाल निगमले कुल क्षमताको ७५ प्रतिशत पेट्रोलियम पदार्थको भण्डारण गरेको छ।


प्रकाशित : शुक्रबार, असोज २२ २०७८०१:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend