काठमाडौं-सामलिङ्ग पावर कम्पनी लिमिटेडले यही कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
सर्वसाधारणले बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।