शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

दैनिक एउटा बिक्री हुने फोर्ड फिगोको रोकिएको नेपाल यात्रा 

images
बिजनेस न्युज
images
images
दैनिक एउटा बिक्री हुने फोर्ड फिगोको रोकिएको नेपाल यात्रा 

१० वर्षमा नेपाली बजारमा ३८ सय ५१ वटा फोर्ड फिगो बिक्री भएको थियो। यो भनेको फिगो दैनिक एउटा भन्दा धेरै बिक्री हुँदै आएको हो। २०१८/१९ सम्म फिगो ट्रेन्ड सर्वाधिक बिक्री हुँदै आएको थियो। यो वर्ष ५ सय ८७ वटा फिगो नेपाली बजारमा बिकेको थियो।

images
images

काठमाडौं- फोर्ड फिगो नेपाली बजारमा दैनिक एउटाभन्दा बढी बिक्री हुँदै आएको थियो। अमेरिकी ब्रान्डको इन्ट्रिलेवल कार जो भारतमा उत्पादन हुँदा नेपाल आउन सम्भव भएको हो। 

images
images
images

भारतमा फोर्डले कार उत्पादन बन्द गर्ने निर्णय गरेसँगै अबको केही महिनापछि फोर्डको फिगो नेपाल आउँने छैन। फोर्डको नेपालका लागि अधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले आगामी दिनमा तेस्रो मुलुकबाट महँगा कारमात्र आयात गर्ने जनाएको छ।

images

१० वर्षमा नेपाली बजारमा ३८ सय ५१ वटा फोर्ड फिगो बिक्री भएको थियो। यो भनेको फिगो दैनिक एउटा भन्दा धेरै बिक्री हुँदै आएको हो। २०१८/१९ सम्म फिगो ट्रेन्ड सर्वाधिक बिक्री हुँदै आएको थियो। यो वर्ष ५ सय ८७ वटा फिगो नेपाली बजारमा बिकेको थियो।

images

२०२०/२१ मा भने फिगो निक्कै कम बिक्री भएको थियो। सो वर्ष ७९ वटामात्र फिगो बिक्री भएको थियो। चालु वर्षमा ३/४ महिनामा फोर्ड फिगो १६ वटामात्र बिक्री भएको तथ्यांक छ। 

images
images

फोर्डका कार नेपाली बजारमा रुचाइने मध्येमा पर्छन। इकोस्पोर्ट वार्षिक ५ सय वटा बिक्री हुँदै आएको थियो। त्यस्तै फिगो पनि दैनिक एउटाभन्दा बढी बिक्री हुँदै आएको तथ्यांक छ। 

अब भने नेपाली बजारमा फोर्डका इकोनोमिक रेन्जका कार आउने छैनन्। कम्प्याक्ट एसयूभी सेगमेन्टमा मार्केट लिड गरेको फोर्ड इकोस्पोर्ट र इन्ट्रिलेवल कारमा फिगोले समेत एउटा बेन्चमार्क कायम गर्न सफल भएको थियो। 

बजार हिस्साका आधारमा फोर्डलाई उपल्लो तहमा पुर्‍याउन महत्वपूर्ण भूमिका इकोस्पोर्ट र फिगोले नै खेलेका थिए। अब भने जीओ अटोमोबाइल्सले भारतबाहेक देशबाट महँगा कार ल्याएर बिक्री गर्ने जनाएको छ। 

images

प्रकाशित : शुक्रबार, असोज २९ २०७८०१:०६
  • सम्बन्धित विषय:

  • # फाेर्ड माेटर
  • # फिगाे
  • प्रतिक्रिया दिनुहोस