आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

नेपाली पासपोर्ट संसारकै कमजोर सूचीमा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज २१ २०७८
नेपाली पासपोर्ट संसारकै कमजोर सूचीमा

नेपालभन्दा तल सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान रहेका छन्। 

काठमाडौं- नेपालको पासपोर्ट संसारकै खराब सूचीमा परेको छ। 

विश्वव्यापी नागरिक आवाश परामर्श कम्पनी हेन्ली एण्ड पार्टनरले सार्वजनिक गरेको पासपोर्ट सूचकमा नेपालको पासपोर्ट खराबमध्येको सूचीमा परेको छ। 

११६ स्थानमध्ये नेपालको पासपोर्ट ११०औँ स्थानमा छ। प्यालेस्टाइन र नेपाल एउटै र्‍यांकिङमा छन्।  नेपालभन्दा उत्तर कोरियाको पासपोर्ट एक स्थान माथि छ। नेपाली पासपोर्टधारी ३७ गन्तव्यमा अनअराइभल भिसा पाउँछन्। 

नेपालभन्दा तल सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान रहेका छन्। 

यो सूचक आयटाको तथ्यांकमा आधारित कति ट्राभल फ्रेन्डली छ भनेर सूचक तय गरिन्छ। जुन पासपोर्टले संसारमा धेरै सहज भिसा पाउँछ त्यही पासपोर्ट सबैभन्दा बलियो हुन्छ। यो संस्थाले सन् २००६ देखि यो सूचक सार्वजनिक गर्न सुरु गरेको हो। 

सन् २०२१ को यो सूचकमा संसारको सबैभन्दा शक्तिशाली पासपोर्ट जापान र सिंगापुरको छ। यी दुई देशका पासपोर्टले १९२ देशमा सहज भिसा पाउँछन्।  दोस्रो स्थानमा जर्मनी,  दक्षिण कोरिया तेस्रो नम्बरमा फिनल्यान्ड, इटाली,लक्जमवर्ग,स्पेन छन्।


प्रकाशित : बिहीबार , असोज २१ २०७८०९:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend