शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट 

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, साउन ३० २०७८
सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट 

प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आइपिओ विक्री खुला भएकोमा २४ लाख १९ हजार ८४८ जनाको आवेदन परेको थियो। 

काठमाडौं -साउन २० गतेदेखि २४ गतेसम्म निष्कासनमा आएको सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट भएको छ। 

प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आइपिओ विक्री खुला भएकोमा २४ लाख १९ हजार ८४८ जनाको आवेदन परेको थियो। 

त्यसबाट १० कित्ताका दरले ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत्  सेयर हात पारेका छन्। 

२०७४ मंसिरदेखि कारोबार सुरु गरेको सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले गत वर्षको तेस्रो त्राइमासमा ९ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

आइपिओ  परे नपरेको थाहा पाउनका लागि  https://iporesult.cdsc.com.np/ लगइन गरी आफ्नो डिम्याट नम्बर राख्नुपर्छ। 

प्रकाशित : शनिबार, साउन ३० २०७८०८:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend