मंगलबार, जेठ २६ गते २०८३    
मंगलबार, जेठ २६ २०८३

ट्रायल पास गराइदिने भन्दै बार्गेनिङ गर्ने दुई जना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १७ २०७८
ट्रायल पास गराइदिने भन्दै बार्गेनिङ गर्ने दुई जना पक्राउ

यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट २ जना 'विचौलिया' लाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। 

काठमाडौं- सवारी चालक अनुमतिपत्रको ट्रायल तथा लिखित परीक्षा पास गराइदिने भन्दै प्रलोभन देखाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। 

यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट २ जना 'विचौलिया' लाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। 

पक्राउ पर्नेमा ललितपुर १४, नख्खीपोट बस्ने ३१ वर्षीय पुरुष को सुमन तामाङ र ललितपुर १३, कुसुन्ती बस्ने वर्ष २३ को सुरज गुप्ता रहेका छन् । 

लिखित परिक्षा पास गराइदिने, फास्ट ट्रायल मिलाइदिने, नवीकरण गरिदिने, सिफारिस मिलाइदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने तथा लाइनमा लागेका सर्वसाधारणलाई सास्ती दिने २ जना विचौलियालाई यातायात कार्यालय एकान्तकुनाबाट पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । 

यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ गरि लिदै गरेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिए । 


प्रकाशित : आइतबार, असोज १७ २०७८१३:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend