बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
images
images

बेलायती प्रधानमन्त्री लिज ट्रसले दिइन् डेढ महिनामै राजीनामा

images
बिहीबार , कात्तिक ३ २०७९
images
images
बेलायती प्रधानमन्त्री लिज ट्रसले दिइन् डेढ महिनामै राजीनामा

ट्रस बेलायती इतिहासमै सबैभन्दा कम समय प्रधानमन्त्री हुने व्यक्ति भएकी छिन्। उनी ४५ दिन पदमा रहिन्।

images
images

काठमाडौं- बेलायती प्रधानमन्त्री लिज ट्रसले निर्वाचित भएको डेढ महिनामै राजीनामा दिएको छिन्। बेलायती अर्थतन्त्रमा संकट आएसँगै अर्थमन्त्रीलाई हटाएकी उनले अन्तत: चुनावपछि आफूले पाएको म्यान्डेटअनुसार काम गर्न नसकेको भन्दै राजीनामा दिएकी हुन्। 

images
images

ट्रस बेलायती इतिहासमै सबैभन्दा कम समय प्रधानमन्त्री हुने व्यक्ति भएकी छिन्। उनी ४५ दिन पदमा रहिन्। निवर्तमान अर्थमन्त्री क्वासी क्वार्टेङले गत महिना मिनि बजेट ल्याएर करमा दरमा भारी कटौती गरेसँगै बेलायतमा तीब्र राजनीतिक विकास भएको छ। 

images
images

ट्रसले गतसाता क्वार्टेङलाई अर्थमन्त्रीबाट हटाउँदै जेरेमी हन्टलाई नयाँ अर्थमन्त्री नियुक्त गरेकी थिइन्। त्यतिहुँदा पनि आफ्नै पार्टीभित्रको दबाब थेग्न नसकेर उनले राजीनामा दिएकी हुन्। 

images
images
images

अब नयाँ प्रधानमन्त्रीका लागि सत्तारुढ कन्जरभेटिभ पार्टीभित्र अर्को साताबाट आन्तरिक चुनाव हुनेछ। 

 


प्रकाशित : बिहीबार , कात्तिक ३ २०७९१२:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend