बिहीबार , मंसिर १३ गते २०८१    
images
images

होटल, रेष्टुरेण्ट तथा बार व्यवसायीले मेन्यूमा उल्लेख गरेभन्दा बढी रकम कुनै पनि बहानामा लिन नपाउने

images
बिहीबार , कात्तिक ३ २०७९
images
images
होटल, रेष्टुरेण्ट तथा बार व्यवसायीले मेन्यूमा उल्लेख गरेभन्दा बढी रकम कुनै पनि बहानामा लिन नपाउने

मेन्यूमा उल्लेख गरेको रकममा सर्भिस चार्ज र मूल्य अभिवृद्धिकर लगाउँदै आएको उजुरी तथा गुनासो उपक विभागले जेजति शुल्क लिने हो मेन्यूमा उल्लेख भएकै रकममा हुनपर्ने भन्दै सूचना जारी गरेको छ।

images
images

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता स‌ंरक्षण विभागले होटल, रेष्टुरेण्ट तथा बार व्यवसायीले मेन्यूमा उल्लेख गरेको रकममा कुनै पनि बहानामा थप रकम लिन नपाउने गरी चेतावनी दिएको छ।

images
images
images

होटल, रेष्टुरेण्ट तथा बार व्यवसायीले मेन्यूमा उल्लेख गरेको रकममा सर्भिस चार्ज र मूल्य अभिवृद्धिकर लगाउँदै आएको उजुरी तथा गुनासो उपक विभागले जेजति शुल्क लिने हो मेन्यूमा उल्लेख भएकै रकममा हुनपर्ने भन्दै सूचना जारी गरेको छ।

images

विभागले जारी गरेको सूचनामा भनिएको छ, 'मूल्य अभिवृद्धि करमा दर्ता भएका होटल, रेष्टुरेण्ट तथा बार व्यवसायीले उपभोक्तालाई उपलब्ध गराउने वस्तु वा सेवाको मूल्य सूची (मेन) मा एउटा मूल्य उल्लेख गर्ने र त्यस्तो वस्तु वा सेवा उपभोगपश्चात बिल बिजक जारी गर्दा मेन्यूमा उल्लेख गरिएको मूल्यका अतिरिक्त सेवा शुल्क तथा मूल्य अभिवृद्धि कर जोडेर बिल भुक्तानी गर्न उपभोक्तालाई बाध्य पार्ने गरेको भनी प्राप्त गुनासो प्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ।'

images

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३ मा उल्लिखित उपभोक्ता अधिकार अन्तर्गत प्रत्येक उपभोक्तालाई आफूले उपभोग गर्न चाहेको वस्तु वा सेवाको उपभोक्ता मूल्यबारे पूर्वसूचित हुने अधिकार रहने समेत जानकारी गराएको छ। मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम १४ ख अनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यक्तिले आफ्नो प्रदर्शनी कक्ष, बिक्री कक्ष, होटल, रेष्टुरेण्ट, बार, कारोबारस्थल वा आपूर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको बिक्री मूल्य (ट्याग प्राइस, मेन्यू प्राइस र सेल्फ प्राइस) मा कर सहितको मूल्य उल्लेख गर्नु पर्ने व्यवस्था  रहेको र सोही अनुसार गर्न विभागले ध्यानाकर्षण गराएको छ।

विभागले जारी गरेको सूचनामा भनिएको छ, 'कुनै पनि व्यवसायीले उपलब्ध गराउने वस्तु वा सेवाको उपभोक्ता मूल्य अन्तर्गत कानून बमोजिम उपभोक्ताले तिर्नुपर्ने शुल्क तथा कर रकम समेत समावेश गरी उल्लेख गर्नुपर्ने हुन्छ। मेन्यूमा उपभोक्ता मूल्य उल्लेख गर्दा कम रकम उल्लेख गर्ने (कतिपय अवस्थामा मेन्यूको तल वा अन्तिम पृष्ठमा सेवा शुल्क तथाकर अतिरिक्त भनेर कैफियत जनाउने) र बिजक जारी गर्दा मेन्यूमा उल्लिखित रकममा थप शुल्क तथा कर रकम सहितको बिजक जारी गर्नु उपभोक्ता संरक्षण ऐन, २०७५ तथा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को व्यवस्था विरूद्धको कार्य हो।

अतः सबै होटल, रेष्टुरेण्ट तथा बार व्यवसायीले आ-आफ्नो उपभोक्ता मेन्यूमा वस्तु तथा सेवाको मूल्य उल्लेख गर्दा नियमानुसार उपभोक्ताले तिर्नुपर्ने सबै किसिमका सेवा शुल्क तथा कर रकम सहितको अन्तिम उपभोक्ता मूल्य उल्लेख गर्नुहन र त्यसरी उल्लेख गरिएको मूल्यमा कुनै किसिमको अतिरिक्त रकम नलिनुहन सबै सरोकारवालाहरूलाई सूचित गरिन्छ। अन्यथा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारवाही हुने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराईन्छ।'


प्रकाशित : बिहीबार , कात्तिक ३ २०७९१२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend