काठमााडौं- बिहीबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। बुधबारको तुलनामा सुन प्रतितालो १ सय र चाँदी ५ रुपैयाँ घटेको हो।
बुधबार छापावाल सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार छाापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ घटेर ९३ हजार १ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ७० रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।