बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
images
images

खानेपानीको काममा २८ लाख घुस लिएको भन्दै इञ्जिनियर पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक २ २०७९
images
images
खानेपानीको काममा २८ लाख घुस लिएको भन्दै इञ्जिनियर पक्राउ
images
images

रामेछाप- रामेछापमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर २८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा इञ्जिनियर (आठौँ तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखतबहादुर थापा रहेका छन्।

images
images

उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज १६ लाख नगद र १२ लाखको चेकसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। उनीहरूलाई खानेपानीसम्बन्धी कामको भुक्तानीबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले पक्राउ गरेको हो। 

images
images

उनीहरूलाई नगद चेक लिइसकेका अवस्थामा उक्त रकम र चेकसहित मन्थली-१ स्थित इञ्जिनियरको निवासबाटै बुधबार नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। रासस

images
images
images


प्रकाशित : बुधबार, कात्तिक २ २०७९१२:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend