बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
images
images

बझाङमा जीप दुर्घटना, ६ जनाको ज्यान गयो

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक २ २०७९
images
images
बझाङमा जीप दुर्घटना, ६ जनाको ज्यान गयो

जीपमा कति जना सवार थिए भन्ने खुलेको छैन। अहिलेसम्म छ जनाको शव फेला परेको छ, कति जना घाइते भएका छन् भन्ने यकिन छैन।

images
images

बझाङ- बझाङको मष्टा गाउँपालिका-१ तुफान डाँडामा जिप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको हो। बुधबार दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा-२ खेतकोट जाँदै गरेको सुपप्र ०१-००१ च ११७ नम्बरको जिप दुर्घटना भएको हो। 

images
images

जीप सडकबाट दुई सय मिटर तल खसेर भीरमा अड्किएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए। उनका अनुसार जीपमा कति जना सवार थिए भन्ने खुलेको छैन। अहिलेसम्म छ जनाको शव फेला परेको र कति जना घाइते भएका छन् भन्ने यकिन नभएको सूचना अधिकारी अवस्थीले जानकारी दिए।

images
images

मृतकको सनाखत हुन बाँकी छ। घाइतेहरूको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरूले उद्धार गरेर जिल्ला अस्पताल सिमखेतमा ल्याउँदै छन्। सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्कँदै गरेका यात्रुहरू दुर्घटनामा परेको मष्टा गाँउपालिका वडा नं १ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए। भीरमा दुर्घटना भएकाले उद्धारमा कठिनाई भएको प्रत्यक्षदर्शीले बताएका छन्। रासस

images
images
images


प्रकाशित : बुधबार, कात्तिक २ २०७९११:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend