बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
images
images

टाटा मोटर्सद्वारा विद्युतीय गाडीको आपूर्तिमा वृद्धि, उपभोक्ताले सहजै नेक्सन ईभी र टिगोर ईभी पाउने

images
बुधबार, कात्तिक २ २०७९
images
images
टाटा मोटर्सद्वारा विद्युतीय गाडीको आपूर्तिमा वृद्धि, उपभोक्ताले सहजै नेक्सन ईभी र टिगोर ईभी पाउने

टाटा मोटर्सले विभिन्न डिजाइन र मूल्यमा उपलब्ध हुने १० वटा विद्युतीय गाडी बजार ल्याउने तयारी गर्दैछ।

images
images

काठमाडौं- एक हजारभन्दा बढी बुकिङसहित टाटा मोटर्सको सबैभन्दा मन पराइएको लोकप्रिय नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीहरुको माग नेपाली बजारमा तीब्र गतिमा बढिरहेको छ। टाटा मोटर्सको विद्युतीय गाडीको माग आन्तरिक एवं बाह्य दुवै बजारमा वृद्धि भइरहेको छ। 

images
images

यो तथ्यलाई मध्यनजर गर्दै कम्पनीले तिन चरणमार्फत आफ्नो पोर्टफोलियोको विस्तार गर्ने घोषणा गरेको छ।

images
images

नेपाली बजारको मागलाई प्रभावकारी तवरले परिपूर्ति गर्न कम्पनीले हरेक महिना २०० वटाभन्दा बढी यस्ता विद्युतीय गाडीको आपूर्ति गरिरहेको छ। यस किसिमको आपूर्तिमा वृद्धि हुँदा बुकिङ गरेर गाडी कुरिरहेका ग्राहकहरुले धेरै समयसम्म प्रतिक्षा गर्नुपर्ने अवस्थाको अन्त्य हुने सिप्रदीले जनाएको छ। 

images
images
images

यसैगरी फोर्ड इन्डियाको सनानन्द प्लान्ट खरिद गर्न युनिट ट्रान्सफर सम्झौता गरेको छ। प्राविधिक रुपले समुन्नत यसको प्रति वर्ष ४ लाख २० हजार वटा  विद्युतीय गाडी उत्पादन गर्ने क्षमता हुनेछ। कम्पनीले यो प्लान्टमा आवश्यक लगानी यसलाई आफ्नो वर्तमान र भविष्यको भेहिकल प्ल्याटफर्म अनुरुप विकास गर्ने जनाएको छ।

टाटा मोटर्सले विभिन्न डिजाइन र मूल्यमा उपलब्ध हुने १० वटा विद्युतीय गाडी बजार ल्याउने तयारी गर्दैछ।

टाटा मोटर्सले नेपालमा नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीहरुको बिक्री प्रारम्भ गरेको एक वर्ष सफलताका साथ पूरा गरिसकेको छ। चार्जिङ सुविधा र ग्राहक सेवा सम्बन्धि वृहत पूर्वाधारसहित यी गाडीहरुले निरन्तर बजार विस्तार भइरहेको छ।

टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदीले नेपालकै सबैभन्दा धेरै १९ वटा फास्ट चार्जिङ स्टेसन र १०० वटा स्लो चर्जिङ स्टेसनको स्थापना गरेको छ। टाटा नेक्सन ईभी नेपालको सर्वाधिक बिक्री हुने विद्युतीय एसयूभी हो। 


प्रकाशित : बुधबार, कात्तिक २ २०७९११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend