काठमाडौं- सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्र नेपाल-चीन सीमाना केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार दिउँसो ३ बजेर ७ मिनेट जाँदा ५.९ रेक्टरस्केलको भूकम्प गएको हो।
केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सिमाना रहेको बताए। उक्त भूकम्पको धक्का सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, रसुवा, राजधानी काठमाडौँ र धादिङलगायतका स्थानमा महसुस गरिएको थियो।