काठमाडौं- बुधबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। मंगलबारको तुलनामा सुन प्रतितोला २ सय र चाँदी ५ रुपैयाँ घटेको छ।
मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार छाापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ घटेर ९३ हजार २ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ घटेको हो। बुधबारका लागि चाँदीको मूल्य ११ सय ७५ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।