शनिबार, वैशाख ८ गते २०८१    
images
images

नेपाली चिया रोक्न किन चाहन्छन् भारतीय व्यवसायी? 

संसारकै दोस्रो ठूलो चिया उत्पादक भारतमा नेपाली चियाविरुद्ध लबिङ किन?

images
images
नेपाली चिया रोक्न किन चाहन्छन् भारतीय व्यवसायी? 

संसारकै दोस्रो ठूलो  उत्पादक र तेस्रो ठूलो निर्यात गर्ने भारतमा नेपाली चिया निरुत्साहित गर्ने लविङ किन भइरहेको छ? 

images
images

काठमाडौं- भारतीय व्यवसायीले नेपाली चियाको रोक्नका लागि पछिल्लो समय आफ्नो लबिङ तीव्र बनाएका छन्। 

images
images
images

संसदीय समितिदेखि सरकारी अधिकारीहरू समक्ष भारतीय व्यवसायीले नेपाली चियाविरुद्धको लबिङलाई तीब्र बनाउँदै आएका छन्। केही समयअघि मात्र संसदीय समितिबाट नेपाली चियालाई निरुत्साहित गर्ने निष्कर्ष निकालिएको थियो। 

images

नेपाली चिया गुणस्तरको नभएको र नेपाली चिया मिसिँदा विश्व बजारमा भारतीय चियाको ब्रान्ड खराब भएको निष्कर्ष निकाल्दै व्यवासायीदेखि सांसदसम्मले सरकारलाई दबाब दिएका छन्। 

images

पछिल्लो समय व्यवसायीहरूले नेपालबाट जाने तयारी चियाका बारेमा अहिलेको प्राबधानमा कडाइ गर्न दबाब दिइरहेका छन्। सांसदेखि व्यवसायीसम्मको निरन्तरको दबाबका बीच भारतीय चिया बोर्डले नीतिगत परिवर्तनका लागि छलफल गरिरहेको छ। 

images
images

विदेशबाट(विशेषगरी नेपालबाट) गएर भारतीय र दार्जिङको चियाको नामबाट आन्तरिक बजारमा बिक्री भइरहेको भन्दै व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। यहीबीच बोर्डले कडाइ गर्ने तयारी गरिरहेको छ। 

चियाका बारेमा थप निर्णय तथा छलफलका लागि त्यहाँको वाणिज्य मन्त्रालयले बोर्डलाई जिम्मेवारी दिइसकेको छ। गएको शुक्रबार नै सरोकारवालाबीचमा छलफल भएको थियो। भारतीय चिया निर्यात एसोसिएसनका अध्यक्ष अंसुमान कनोरियाले सरकारले छिटै सूचना संसोधन हुने विश्वास व्यक्त गरेका छन्। पछिल्लो छलफलबाट संसोधन हुनेमा आफूहरू विश्वस्त भएको उनको भनाइ छ। यद्यपि यो संसोधनबाट नेपाली चियाका बारेमा थप व्यवस्था हुने नहुने निश्चित छैन।

तर ढिला चाँडो कडाइ गराएरै छाड्ने व्यवसायीले दबाब दिइरहेका छन्। तर संसराकै दोस्रो ठूलो चिया उत्पादक र तेस्रो ठूलो निर्यातकर्ता भएर पनि भारतीय व्यवसायी नेपालजस्तो देशको चियाविरुद्ध किन खनिएका छन्? 

सबै प्रक्रिया पुगेको नेपाली चियालाई गुणस्तहीन भन्नु गलत हो सबै प्रक्रिया पुगेको नेपाली चियालाई गुणस्तहीन भन्नु गलत हो

 

नेपालका चिया उत्पादकहरू तथा निर्यातकर्ताको भनाइ मान्ने हो भने दुई कारणले भारतीय व्यवसायी नेपाली चियाविरुद्ध खनिएका छन्। 

पहिलो हो नेपालको चिया पछिल्लो समय अलि सस्तो भएको छ। भारत निर्यात हुने चियालाई पनि सरकारले पाँच प्रतिशत अनुदान दिन थालेदेखि नेपाली चिया केही सस्तो भएको छ। यद्यपि तुलनात्मक रुपमा धेरै सस्तो भने भएको छैन। 

सरकारी अनुदान तथा नयाँ खेतीका कारणले राम्रो उत्पादनका कारणले विशेषगरी दार्जिङको चिया उत्पादनलाई उछिन्न सफल भएको छ। व्यवसायीहरूका अनुसारमा नेपालमा वर्षेनी ७० लाख किलो अर्थोडक्स चिया उत्पादन हुन्छ। यो उत्पादन दार्जिलिङको भन्दा धेरै हो। दार्जिङकोभन्दा धेरैमात्र होइन गुणस्तरीय उत्पादन भएपछि भारतीय कम्पनीले नेपाली चिया लिएर आफ्नै ब्रान्डिङमा बेच्न थाले। 

नेपालबाट चिया लिएर दार्जिलिङकोभन्दै बिक्री र्न थालेपछि दार्जिङकै उत्पादन प्रोत्साहन हुन नसकेको भारतीय चिया उत्पादकहरूको आरोप छ। दार्जिङका चिया बगानहरू पूराना भएको र यसले गर्दा उत्पादन लागत बढ्दै गएको छ। यही कारणले महंगो भएकाले नेपाली चियाले सहज पहुँच पाएको भएपनि नेपाली चियाले गुणस्तर बिगारेको कुरा आधारहीन भएको नेपाल चिया एसोसिएसनका अध्यक्ष कमल मैनालीको भनाइ छ। 

‘हामीले भारत पठाउने चिया भनेको भारतकै कलकत्ताको ल्याबमा परीक्षण भएको हुन्छ। भारतीय गुणस्तर मापदण्ड पास भएरै हाम्रो उत्पादन जान्छ। यस्तोमा गुणस्तरको प्रश्न आधारहीन हो’ उनले भने। 

नेपाली व्यवसायीहरूका अनुसार अर्को कारण भनेको तेस्रो मुलुकमा नेपाली अर्थोडक्स चियाको बजार विस्तार हो। हुन त नेपालको ९० प्रतिशत चिया निर्यात अहिले पनि भारतीय बजारमै हुन्छ। अर्थडक्स चियाको निर्यात पनि भारतमै हुन्छ। तर पछिल्लो समय नेपाली चियाले तेस्रो मुलुकका बजारमा स्थान बनाउँदै गएको छ। 

नेपालले भारतीय चियालाई उच्च कर लगाउने तर भारतमा सहुलियत पहुँच नेपाली चियाले पाएर नाफाको आधार बनाउने त्यही टेकोमा तेस्रो मुलुकमा चियाको बजार विस्तार गर्न खोजेको उनीहरुले आशंका गरेका छन्। तर मैनाली यो कुरा पनि अनावश्यक रहेको बताउँछन्। बरु नेपाली व्यवसायीले भारत बाहेकको अर्को बजार खोज्न नसक्दा भारतबाट समय समयमा दु:ख पाइएको उनको भनाइ छ। 

‘ग्रिन टी केही मात्रामा तेस्रो मुलुकमा जान्छ। यसरी जानेक्रम पछिल्लो समय केही बढेको पनि होला। तर हाम्रो मुख्य बजार पहिले र अहिले भारत मात्र हो। यसमा अझ हामी व्यवसायी र सरकारले अरु बजारमा सम्भावना खोज्न नसकेको सत्य हो’ उनले भने। 

नेपालले जस्तै भारतले पनि चिया आयातमा कर लगाउने बाटो खाेज्दै छ नेपालले जस्तै भारतले पनि चिया आयातमा कर लगाउने बाटो खाेज्दै छ

नेपाली अर्थोड्क्स चियाको गुणस्तर विश्वका कुनै पनि चियासँग प्रतिस्पर्धा गर्नसक्ने भएपनि बजार सञ्जाल, संयन्त्र, सहुलियत, बजारीकरण नहुँदा विस्तार नभएको नेपाली व्यवसायीको माग छ। 

सरकारी अधिकारीहरू भने भारतीय व्यवसायीको लबिङ नेपालमा निर्यात गर्दा लाग्ने कर घटाउनमा पनि केन्द्रीत छ। विशेषगरी असामको चियाको नेपाली बजारमा उच्च माग छ। तर उच्च करका कारणले गर्दा नेपालमा राम्रोसँग निर्यात हुन नसकेको उनीहरूको बुझाइ छ। 

वाणिज्य सन्धीको पुनरावलोकन हुने समयमा उनीहरूले नेपालले लगाउँदै आएको कर घटाउन केन्द्रीत भएको हुनसक्ने सरकारी अधिकारीहरूको भनाइ छ। 

नेपालले भारतबाट आउने चियामा ४० प्रतिशत कर लगाउँछ। नेपालबाट भारतले निर्यात गर्दा भने भारतले सहुलियत दिएको छ। 

चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक दीपक खनाल भारतीय व्यवासायीको अर्को लबिङ नेपालले भारतीय चियामा लगाएको कर घटाउनमा रहेको हुनसक्ने बताउँछन्। 

images

प्रकाशित : बुधबार, कात्तिक २ २०७९०३:५३

प्रतिक्रिया दिनुहोस