बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
images
images

विदेशी मुद्रा बचतका लागि भन्दै बंगलादेशले अनुमति दिएन ‍बलिउड कलाकारलाई 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक १ २०७९
images
images
विदेशी मुद्रा बचतका लागि भन्दै बंगलादेशले अनुमति दिएन  ‍बलिउड कलाकारलाई 

तर केन्द्रीय बैंकले डलर भुक्तानीमा रोक लगाएकाले अनुमति नदिइएको संस्कृति मन्त्रालयले उल्लेख गरेको छ। 

images
images

काठमाडौं- बंगलादेश सरकारले बलिउड कलाकारलाई आफ्नो प्रस्तुतीका लागि अनुमति दिन इन्कार गरेको छ। 

images
images

बंगलादेशको राजधानी ढाकामा हुने प्रस्तुतीमा जानका लागि नोरा फतेहीलाई अनुमति दिन अस्वीकार गरिएको हो। त्यहाँ संस्कृति मन्त्रालयले उनलाई अनुमति नदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार प्रकाशित गरेका छन्। 

images
images

विदेशी मुद्राको सञ्चिति बढाउनका लागि उनलाई अनुमति नदिइएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। विश्वव्यापी अर्थतन्त्रमा देखिएको समस्या र आन्तरिक रुपमा विदेशी मुद्राको सञ्चितिलाई व्यवस्थित गर्नका लागि सरकारले लिएको मितव्ययी नीति अन्तर्गत उनलाई अनुमति नदिइएको सूचनामा उल्लेख गरिएको छ। 

images
images
images

बंगलादेशको महिला नेतृत्व संस्थानले आयोजना गर्ने अवार्ड वितरण कार्यक्रममा प्रस्तुतीका लागि उनलाई आमन्त्रण गरिएको थियो। तर केन्द्रीय बैंकले डलर भुक्तानीमा रोक लगाएकाले अनुमति नदिइएको संस्कृति मन्त्रालयले उल्लेख गरेको छ। 

बंगलादेशमा पनि पछिल्लो समय विदेशी मुद्रा सञ्चिति घट्दै आइरहेको छ। सञ्चितिमा दबाब देखिन थालेपछि सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्ता अघि बढाइरहेको छ। आर्थिक विकास तथा बाह्य क्षेत्र व्यवस्थापनका लागि कोषसँग श्रृखलाबद्ध छलफल भइरहेको सरकारी अधिकारीहरूले बताएका छन्।  


प्रकाशित : मंगलबार, कात्तिक १ २०७९०४:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend