बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
images
images

नेपाल ल्युब आयलको ३१औं वार्षिक साधारण सभा : सेयरधनीलाई ३० प्रतिशत लाभांश

images
आइतबार, असोज ३० २०७९
images
images
नेपाल ल्युब आयलको ३१औं वार्षिक साधारण सभा : सेयरधनीलाई ३० प्रतिशत लाभांश

कम्पनीद्धारा यस साधारण सभा मार्फत सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत वोनस सेयर र ५ प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

images
images

काठमाडौं- नेपाल ल्युब आयल लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। अस्थिर आर्थिक अवस्थाका बाबजुद पनि कम्पनीले वर्षैपिच्छे स्थिर वृद्धि कायम गर्नुको साथै उच्च लाभांश पारित गरेको छ। 

images
images

कम्पनीद्धारा यस साधारण सभा मार्फत सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत वोनस सेयर र ५ प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको उल्लेखनीय वृद्धि र लाभांस वितरणको सेयरधनीहरुले खुल्ला प्रशंसा गरेका हुन्।  

images
images

साधारण सभामा कम्पनीका अध्यक्ष अरुणकुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यवस्थापक समूह र अन्य सेयर धनीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा ८१.२५ प्रतिशत सहभागी उपस्थित रहेको थियो। 

images
images
images

बैठकमा अध्यक्ष अरुणकुमार चौधरीले नेपाल ल्युब आयल लिमिटेडले अघिल्लो वर्ष जस्तै यस कठीन आर्थिक अवस्थामा पनि निरन्तर वृद्धि कायम राखेको बताए। ‘व्यवस्थापन र अन्य टोली सदस्यहरू यस कम्पनीको विकासको लागि राम्रोसँग प्रतिबद्ध छन्। सेयरधनीहरूले देखाएको विश्वासलाई हामी कहिल्यै निराश गर्नेछैनौं,’ उनले भने।   

बैठकपछि कम्पनीको कार्यसम्पादनबाट सेयरधनीहरु निकै उत्साहित देखिन्थे। कार्यक्रममा डमरु बल्लभ, गुणराज भट्ट र अन्य सेयरधनीहरूले आ-आफ्नो उत्साह व्यक्त गर्र्दैै नेपाल ल्युब आयल लिमिटेड अन्य लिमिटेड कम्पनीहरुका लागि रोल मोडल हो, कम्पनीले सेयरधनीहरुलाई नियमित रुपमा उच्च बोनस प्रदान गर्दै आएको छ, यस कम्पनीसँग आबद्ध हुन पाउँदा हामी गर्व महसुस बताएका थिए। 

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्दै बिक्री गरिरहेको छ। गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो र यसको ब्राण्डिङ साझेदारीमा म्याकल्यारेन रेसिङ कार र चेन्नई सुपर किङ जस्ता आफ्ना क्षेत्रका प्रतिष्ठित र स्थापित नामसँग रहेको छ। 

त्यस्तै गल्फ लुब्रिकेन्टस् नेपालको समेत मुख्य रुपमा रुचाइएको प्रतिष्ठित र धेरै बजार क्षेत्र ओगटन सफल ब्राण्डको रुपमा चिनिन्छ। गल्फ ब्राण्डका उत्पादनहरुको विविधताले सबै अटोमोबाइल र मेशिनरीहरुलाई समेटन सक्ने गरि व्यापक क्षेत्रमा फैलन सफल रहेको छ।


प्रकाशित : आइतबार, असोज ३० २०७९०९:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend