काठमाडौं- साताको पहिलो दिन सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। शुक्रबारको तुलनामा सुन प्रतितोला १ हजार र चाँदी प्रतितोला २५ रुपैयाँ घटेको हो।
शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ घटेर ९३ हजार १ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ घटेको हो। आइतबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ।