बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

भारत मुम्बईमा चार पाङ्‍ग्रेका सबै यात्रुका लागि सिट बेल्ट अनिवार्य

images
शनिबार, असोज २९ २०७९
images
images
भारत मुम्बईमा चार पाङ्‍ग्रेका सबै यात्रुका लागि सिट बेल्ट अनिवार्य

यसअघि अगाडिको सिटका यात्रुले मात्र सिट बेल्ट लगाउनुपर्ने अनिवार्यता थियो। नयाँ नियमको पालना नगरेमा दण्डनीय हुने बताइएको छ।

images
images

काठमाडौं- भारतको वित्तीय केन्द्र मुम्बईमा आगामी नोभेम्बरदेखि चार पाङ्‍ग्रे सवारी साधनमा यात्रा गर्दा सबैका लागि सिट बेल्ट अनिवार्य गरिएको छ।

images
images

मुम्बई ट्राफिक प्रहरीले शुक्रबार एक सूचना जारी गर्दै कारको पछाडिको सिटमा बस्नेहरूका लागि पनि सिट बेल्ट लगाउन अनिवार्य गरिएको जनाएको छ। यसअघि अगाडिको सिटका यात्रुले मात्र सिट बेल्ट लगाउनुपर्ने अनिवार्यता थियो तर गत महिना सडक दुर्घटनामा परी व्यापारी साइरस मिस्त्रीको मृत्युले सिट बेल्ट लगाउनुको महत्त्व बढेको भन्दै नयाँ नियम लागू गरिँदै छ।

images
images

मुम्बई ट्राफिक प्रहरीका अनुसार नयाँ नियमको पालना नगरेमा दण्डनीय हुने बताइएको छ। यदि चार पाङ्‍ग्रेमा यात्रा गर्ने कसैले सिट बेल्ट नबाँधेमा चालकलाई पाँच सय भारतीय रुपैयाँ जरिवाना गर्ने जनाएको छ। 

images
images
images

भारतको यातायात मन्त्रालयले सन् २०२० मा भारतमा ३६ लाख ६१ हजार १ सय ३८ सडक दुर्घटनाहरू रेकर्ड गरेको थियो जसमा १३ लाख १ हजार ७ सय १४ जनाको मृत्यु भएको थियो भने तीन लाख ४८ हजार २ सय ७९ जना घाइते भएका छन्।


प्रकाशित : शनिबार, असोज २९ २०७९११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend