बिहीबार , मंसिर १३ गते २०८१    
images
images

इन्द्रावतीमा वडाअध्यक्षको कृषि फार्म

images
शनिबार, असोज २९ २०७९
images
images
इन्द्रावतीमा वडाअध्यक्षको कृषि फार्म

परीक्षणमा रोपिएका बाहेक अन्य बालीले उत्पादन दिन थालेपछि उनी झन् उत्साहित भएका छन्। आफूसँग भएको रकमले अपुग भएपछि आफन्तसँग ऋण लिएर लगानी गर्नुभएका तामाङलाई घाटा पर्छ भन्ने शंकासम्म छैन।

images
images

चौतारा- साउदी अरबको मरूभूमिमा २६ महिना बिताएर स्वदेश फर्किएका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-५ का वडाअध्यक्ष क्षेत्रबहादुर तामाङले त्यहाँ कृषिमा प्रयोग गर्न सकिने प्रविधिको बारेमा जानकारी लिए। त्यहाँको कृषि फार्ममा काम गर्दागर्दै उनमा एउटा सोच पलायो, 'मरूभूमिमा यस्तो व्यवसाय चल्छ भने नेपालको माटोमा  किन गर्न सकिँदैन।'

images
images
images

यही अठोटपछि उनी विदेश आए। बरु आफ्नो २५ रोपनी जग्गामा कृषिका काम थाले। विदेशमा सिकेको ज्ञान र सीप  आफ्नो कृषि कार्यमा लगाए। उन भने, 'स्थानीय उत्पादनको जगेर्ना गर्दै विदेशी बिरूवाको परीक्षण गर्ने उद्देश्यले फार्म स्थापना गरेको छु।'

images

कफी नर्सरीबाट सुरु भएको उनको बिलुवा अर्गानिक कृषि फार्म तथा अलैँंची नर्सरीमा अहिले ५० भन्दा बढी जातका बिरुवा हुर्किरहेका छन्। अलैँंचीको बिरुवा, गोलभेडा, आलुलगायत तरकारीको व्यावसायिक उत्पादन गरिसक्नुभएका तामाङले जापानी स्याउ, सुन्तला, कागती, अनार, एभोकार्डोलगायतका बिरुवा परीक्षणका लागि लगाएका छन्। उनलाई नर्वेका एक प्राविधिकले अर्गानिक बिरुवा पठाउने गरेका छन्।  

images

“कुन जातको बाली बढी फस्टाउँछ, त्यसैलाई व्यावसायिक रूपमा सुरू गर्ने उद्देश्यले सबै खाले बाली परीक्षणका लागि लगाएको छु”, तामाङले भने। यसलाई जिल्लामै उत्कृष्ट कृषि प्रयोगशालाको रूपमा पनि विकास गर्ने सोच तामाङको छ। तामाङले चिलिबाट झिकाएको ‘मंकी पजल’ र विलोभा जातको बिरुवा लगाएका छन्। कृषि प्राविधिकका अनुसार यो बिरूवालाई बालीमा औषधिको रूपमा प्रयोग गरिन्छ।

गाउँमा हाईब्रिड बाली बढ्दै गएपछि उनले परम्परागत बीउको संरक्षण पनि गर्न थालेका छन्। 'स्थानीय उत्पादन जोगाउनु पनि यो फार्मको लक्ष्य हो', तामाङले भने। विदेश गएका युवालाई मेहनत गरे यहीँ माटोमा सुन फलाउन सकिन्छ भन्ने सन्देश दिन चाहेको तामाङ बताउँछन्। विदेशबाट कमाएर ल्याएको केही रकमबाट सुरू गरेको उनको फार्ममा अहिलेसम्म १९ लाख रूपैयाँभन्दा वढी लगानी भइसकेको छ।

परीक्षणमा रोपिएका बाहेक अन्य बालीले उत्पादन दिन थालेपछि उनी झन् उत्साहित भएका छन्। आफूसँग भएको रकमले अपुग भएपछि आफन्तसँग ऋण लिएर लगानी गर्नुभएका तामाङलाई घाटा पर्छ भन्ने शंकासम्म छैन।

दिनभर वडा कार्यालयमा अध्यक्षको कार्यभार सम्हालेर बाँकी समय फार्ममा दिने तामाङलाई सुरूमा गाउँलेले लगानी डुवाउँछ भनेर टिप्पणी गरेको उनी सम्झन्छन्। स्थानीयवासी विनोद तामाङ अहिले उनको कृषि फार्म देखेर अरू पनि आकर्षित भएको बताउँछन्। रासस


प्रकाशित : शनिबार, असोज २९ २०७९०९:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend