काठमाडौं- प्रशोधित पिउने पानी उत्पादन, ओसारपसार तथा बिक्रीको गर्दै आएको एक कम्पनीले खाद्य अनुज्ञापत्र नलिइ कारोबार गरिरहेको फेला परेको छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा नुवाकोट औखरपौवामा रहेको ओसो पियोर ड्रिङ्किङ वाटर नामको उद्योगले खाद्य अनुज्ञापत्र नलिइ पिउने पानीको उत्पादन गरी बिक्री गरिरहेको फेला परेको हो।
अनुज्ञापत्र नलिइ पिउने पानीको उत्पादन गरी बिक्री गरिरहेको अवस्थामा बजार पठाउन तयार पानीसहित अनुगमनका क्रममा फेला पारेर विभागको टोलीले उद्योगमा शिल गरेको छ।