काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। बिहीबार सुनको मूल्य स्थिर हुँदा चाँदीको भने घटेको थियो।
बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ घटेर ९४ हजार १ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ घटेको छ। शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।