बिहीबार , मंसिर १३ गते २०८१    
images
images

आयात प्रतिबन्धलाई थप दुई महिना लम्ब्याउन वाणिज्यको सिफारिस 

images
बिहीबार , असोज २७ २०७९
images
images
आयात प्रतिबन्धलाई थप दुई महिना लम्ब्याउन वाणिज्यको सिफारिस 

मन्त्रालयले बिहीबार ४ वस्तुको आयात प्रतिबन्ध मंसिर २८ सम्म लम्ब्याउनको लागि सरकारलाई सिफारिस गरेको मन्त्रालय स्रोतले जानकारी दियो।

images
images

काठमाडौं- वाणिज्य तथा आपूर्ति मन्त्रालयले ४ वस्तुमा रहेको आयात प्रतिबन्धलाई थप दुई महिना निरन्तरता दिन सिफारिस गरेको छ। विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दै सरकारले गएको बैशाख १४ देखि कार, मदिरालगायत १० विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। 

images
images
images

भदौ १४ गते सरकारले प्रतिबन्ध लगाएको केही वस्तुलाई खुलाएर १५० सीसीभन्दा माथिका मोटरसाइकल, पेट्रोलियम कार, ३ सय डलरभन्दा माथिका मोबाइल र मदिराको आयात प्रतिबन्ध कायमै राखेको थियो।

images

उक्त वस्तुको आयात प्रतिबन्ध शुक्रबार रातिबाट सकिँदै छ। शुक्रबार बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय गर्ने छ। त्यसपूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ती ४ वस्तुको आयात प्रतिबन्धलाई थप २ महिना बढाउन सिफारिस गरेको हो।

images

मन्त्रालयले बिहीबार ४ वस्तुको आयात प्रतिबन्ध मंसिर २८ सम्म लम्ब्याउनको लागि सरकारलाई सिफारिस गरेको मन्त्रालय स्रोतले जानकारी दियो।

विदेशी विनिमयको सञ्चितिमा सुधार आउन नसकेको अवस्थामा अझै केही समय हतार गर्नु हुँदैन भन्ने निर्णयमा उद्योग, वाणिज्य तथा आपूर्ति पुगेको एक सहसचिवले बिजनेस न्युजसँग भने। यसबारे आवश्यक निर्णय भने शुक्रबारको मन्त्रिपरिषद बैठकले गर्ने छ। 

यसअघि गत बैशाख १४ देखि सरकारले १० वस्तुको आयातमा प्रतिबन्ध लगाइएकोमा १४ भदौबाट कार्यान्यन हुने गरी चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, ३२ इन्चभन्दा माथिको टेलिभिजन, कुरकुरे, लेज र तासको आयात प्रतिबन्ध हटाएको थियो। व्यवसायीहरुले गाडी तथा मदिराको आयात प्रतिबन्ध खुलाउनको लागि तीब्र लबिङ गरिरहेका छन्। तर, मन्त्रालयले तत्काललाई नखुलाउन सिफारिस गरेको हो। 

यता अटोमोबाइल व्यवसायीले भने अब पनि प्रतिबन्ध कायम राखे सटर नै बन्द गरेर बस्ने भन्दै सरकारलाई दबाब दिँदै आएका छन्।


प्रकाशित : बिहीबार , असोज २७ २०७९१४:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend