काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर हुँदा चाँदीको भने घटेको छ।
बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार छापावाल सुनको मूल्यमा कुनै थपघट भएन।
यता चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ घटेको छ। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ९० रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।