शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

विद्युतीय कार निटा भी : विशेषता र रेन्जले बढाउँदै छ आकर्षण 

images
बिहीबार , असोज २७ २०७९
images
विद्युतीय कार निटा भी : विशेषता र रेन्जले बढाउँदै छ आकर्षण 

निटा ब्रान्ड भने पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि डिजाइन गरिएको कार हो। जसका कारण निटा ब्रान्डका कार निक्कै इफिसियन्ट रहेको कम्पनीको भनाइ छ। 

images
images

काठमाडौं- विद्युतीय कारमा सरकारले कर सहुलियत दिएको, फाइनान्सिङ सुविधा ८० प्रतिशतसम्म रहेको र पेट्रोलियम कारको आयात प्रतिबन्ध हुनु तर विद्युतीय कारमा कुनै अवरोध गरेको छैन। विद्युतीय सवारी प्रवद्र्धनमा सरकार प्रतिवद्ध रहनुले विभिन्न ब्रान्डहरुले फक्रने अवसर पाएका छन्। 

images
images
images

त्यस्तै अवसर पाउने कम्पनी मध्यको एक हो निटा भी। सीजी मोटर्सले नेपाली बजारमा ल्याएको चिनियाँ कम्पनी होजोन अटोको विद्युतीय कार ब्रान्ड निटाको भी मोडल भित्रिएको छोटो समयमै लोकप्रिय भएको छ र हुनेक्रममा रहेको छ। 

images
images

सीजी मोटर्सले भविष्यको सवारी ‘न्यु इनर्जी’ सवारी भएकाले विद्युतीय सवारीमात्र उत्पादन गर्ने गरि स्थापना भएको होजोन अटोले उत्पादन गरेको निटा ब्रान्डका विद्युतीय कार नेपाली बजारमा ल्याएको हो। अन्य अधिकांश सवारी उत्पादकले आइसी (इन्टरनल कम्बस्चन) इन्जिनयुक्त कारकै लागि डिजाइन गरिएको प्लेटफर्ममा विद्युतीय कार बनाउँदै आएका छन्। 

images
images

निटा ब्रान्ड भने पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि डिजाइन गरिएको कार हो। जसका कारण निटा ब्रान्डका कार निक्कै इफिसियन्ट रहेको कम्पनीको भनाइ छ। 

सीजी मोटर्सले ‘सीजीरिभोलुसन’को नारासहित न्यू इनर्जी सवारीलाई प्राथमिकता दिने नीतिमा रहेका कारण धेरै रेन्ज दिने, उपयुक्त मूल्यको विद्युतीय सवारी नेपाली उपभोक्तालाई उपलब्ध गराएको जनाएको छ। विद्युतीय सवारीमा समकालीन विश्वको सबैभन्दा शक्तिशाली उत्पादकहरू चीनमै छन्। तिनै शक्तिशाली मध्येको एक होजोन अटोमोबाइल हो। सोही कम्पनीले उत्पादन गरेको निटा भी विद्युतीय कार निक्कै आकर्षक र विशेषताले गरिएको छ। 

निटा भीले एक पटकको फुल चार्जमा ३ सय ८० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ। निटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ। 

यो कारमा गर्मी वा जाडो मौसममा समेत ब्याट्रीको दक्षता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथा कुलिङ प्रणाली रहेको छ। नेपाली बजारमा निटा भी विभिन्न ५ रंगमा उपलब्ध छ भने यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले असोजको ६ देखि ९ गतेसम्म आयोजना गरेको ‘नाडा ईभी एक्सपो २०२२’ मा निटा भीमा उपभोक्ताको आकर्षण लोभलाग्दो थियो। उक्त एक्सपो अवधिभर करिब १ सय वटा निटा भी बुकिङ भएको दाबी कम्पनीले गरेको थियो। नियमित रुपमा भइरहेको बुकिङको संख्या पनि त्योभन्दा बढी संख्या भएको सीजी मोटरको भनाइ छ। 

सीसी मोटर्सले नक्साल भाटभटेनी नजिकै निटा भीको शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले उपत्यकासहित विभिन्न स्थानमा चार्जिङ नेटवर्क विस्तारको कामलाई तीब्र बनाएको छ। हाल निटा भी उपलब्ध गराएको सीजी मोटरले अबको केही समयपछि निटा यू प्रो र निटा एस पनि नेपाली उपभोक्तालाई उपलब्ध गराउने बताएको छ। 

यस्ता छन् निटा भीका विशेषता 

लेन्थ- ४ हजार ७० एमएम
वाइड- १६ सय ९० एमएम 
हाइट- १५ सय ४० एमएम 
ह्वीलवेस- २४ सय २० एमएम 
अधिकतम गति- १ सय १ किलोमिटर प्रतिघण्टा 
ग्राउन्ड क्लियरेन्स- १ सय ६० एमएम  
ब्याट्री- ३८.५४ केडब्लूएच ९सीएटीएल लिथियम आयन० 
मोटरको पावर- ७०र९० केडब्लूरपीएस 
अधिकतम टर्क- १ सय ६० एनएम 
१४.६ इन्चको इन्टेलिजेन्ट कन्ट्रोल स्क्रिन
सिट क्षमता- ५
बुट स्पेस- ३ सय ३५ लिटर

यो कारमा प्रयोग भएको ब्याट्री फुलचार्ज हुन एसी चार्जरबाट ६ घण्टा (६.६ किलोवाट) लाग्छ भने डीसी फास्ट चार्जरबाट ८० प्रतिशतसम्म हुन जम्मा २० मिनेट लाग्ने छ।  निटा भीमा फ्रन्ट तथा रेयर दुवैतर्फ डिस ब्रेक छ भने यो फ्रन्ट ड्राइभ मोड कार हो।

विद्युतीय कार चढ्न चाहनेका लागि क्रसओभर सेगमेन्टको भएकाले निटा भी धेरैको रोजाइमा गरेको छ। 


प्रकाशित : बिहीबार , असोज २७ २०७९०३:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend