बिहीबार , मंसिर १३ गते २०८१    
images
images

चितवनका व्यवसायी भन्छन्- कोभिडले थलिएको व्यवसाय ब्याजदरको मारले बन्द हुने भयो

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २६ २०७९
images
images
चितवनका व्यवसायी भन्छन्- कोभिडले थलिएको व्यवसाय ब्याजदरको मारले बन्द हुने भयो

'बैंकको ब्याजदरका कारण पुराना व्यवसाय बन्द हुने र नयाँ व्यवसाय सञ्चालनमा आउन नसक्ने अवस्थामा रहेको छ।'

images
images

काठमाडौं- बैंकले ब्याजदर बढाउँदा जिल्लामा रहेका व्यावसायिक क्षेत्र धरासायी बन्दै गएका छन्। कोभिडका कारण थलिएका व्यावसायिक क्षेत्र अहिले बैंकका कारण पलायन हुने अवस्थामा पुगेको व्यवसायी बताउँछन्।

images
images
images

दुई वर्षअघि कम्तीमा सात प्रतिशतदेखि बढीमा १२ प्रतिशतसम्म व्यावसायिक क्षेत्रको ब्याजदर रहेकामा अहिले यो बढेर १२ देखि १७ प्रतिशतसम्म पुगेको छ। यसले गर्दा व्यवसायी पलायन हुने अवस्थामा पुगेको पर्यटन व्यवसायी सुमन घिमिरेले बताए।

images

क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वध्यक्षसमेत रहनुभएका घिमिरे बैंकले ब्याज बढाउँदा त्यो हिसाबले व्यवसाय गर्नसक्ने अवस्था नरहेको बताउँछन्। उनले भने, 'व्यापार गरेर कमाएर ब्याज तिर्नसक्ने अवस्था अहिले छैन।' व्यावसायिक रुपमा हेर्दा पर्यटन क्षेत्रमा बैंकले बढाएको ब्याज दर सान्दर्भिक नभएको उनको भनाइ छ। राज्यले यस विषयमा नसोच्ने हो भने बैंकबाट ऋण लिएर व्यवसाय गर्न कठिन हुने अवस्था आएको उनले बताए। 

images

सरकारले लगानीमा सहुलियत दिनुपर्ने उनको भनाइ छ। उनले थपे, 'अहिले जिल्लामा रहेको पर्यटन व्यवसाय धरासाही हुने अवस्थामा छ।' जिल्लामा पर्यटन व्यवसायमा १५ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको उनले बताए।

तीन वर्ष यता जिल्लाका सबै व्यवसाय धरासायी बन्दै गएको उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वध्यक्ष एवं पोल्ट्री व्यवसायी तिलचन्द्र भट्टराईले बताए। कोभिड सुरु भएदेखियताको समय व्यावसायिक क्षेत्र नराम्रोसँग गिजोलिएको उनको भनाइ छ। पोल्ट्री क्षेत्रमा चितवन र नवलपुरमा मात्रै बैंकिङ क्षेत्रको लगानी १० देखि १२ अर्ब रुपैयाँ रहेको उनले बताए। 

उनले भने, 'बैंकिङ क्षेत्रले ब्याजदर वृद्धि गर्दा ८० प्रतिशत पोल्ट्री व्यवसायी बन्द हुने अवस्थामा पुगेको छ।'

पोल्ट्रीको राजधानीका रुपमा चिनिएको चितवनमा अहिले कतिपय व्यवसायीले जग्गा बिक्री गरेर बैंकको ऋण तिर्न बाध्य भएको उनले जानकारी दिए। राज्यकोतर्फबाट बैंक ब्याजदर घटाउन पहल नहुने वा सहुलियतामा ब्याज नदीने हो भने पोल्ट्री व्यवसाय मात्रै नभएर अन्य व्यवसायी पनि पलायन हुने अवस्था आउने भट्टराईले बताए। 

उनले भने, 'बैंकले मात्रै कमाउने नीतिका साथ अघि बढ्दा अन्य व्यवसायी मारमा परेका छन्।' राज्यले नीतिमा नै परिवर्तन गरेर व्यवसाय बचाउन लाग्नुपर्ने उनको भनाइ छ।

उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले ब्याजदरका कारण व्यवसाय धरासायी बन्दै गएको बताए। बैंकको असहजताले असोजपछि कतिपय व्यवसाय बन्द हुने उनले बताए। उनले भने, 'नियमनकारी निकायको उदाशिनताका कारण समस्या आएको हो।' राष्ट्रबैंकले पहिलाको अवस्थामा ब्याजदर ल्याउन नसके जिल्लाका ५० प्रतिशत व्यवसायी धरासायी बन्ने उनले बताए।

उनले भने, 'अहिले व्यवसायीलाई चिठ्ठी काट्ने, ताकेता गर्ने गर्दा व्यवसायी हतोत्साहित हुने गरेका छन्।' उत्पादित वस्तुको मूल्यमा वृद्धि हुनु र उभपोक्ताको क्रयशक्ति कम हुनुलेसमेत यसमा असर देखिएको उनको भनाइ थियो। व्यावसायिक क्षेत्रमा देखिएको समस्या समाधानका लागि राष्ट्रबैंकले ध्यान दिनुपर्ने उनले बताए।  

बैंकको ब्याजदरका कारण पुराना व्यवसाय बन्द हुने र नयाँ व्यवसाय सञ्चालनमा आउन नसक्ने अवस्थामा रहेको उनले जानकारी दिए। उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बैंकले ब्याज बढाउँदा हरेक क्षेत्रको मूल्यवृद्धि भएको बताए। ब्याजदरले चालू पुँजी र लगानीको पुँजीमा समेत असर गरेकाले बजारमा उपभोग्य वस्तुको मूल्य वृद्धि भएको बताए।

बैंकको ब्याजदर वृद्धि हुँदा व्यवसाय बन्द हुने अवस्थामा मात्रै नपुगेर अर्थतन्त्रमा समेत प्रभाव पारेको उनको भनाइ छ। राज्यले बैंक नाफामा जानुपर्छ भन्ने नीति लिएका कारण सबै व्यावसायिक क्षेत्रमा नकारात्मक प्रभाव परेको उनले बताए। ब्याजदर घटाउने विषयमा उद्योग वाणिज्य महासङ्घमार्फत सरकारसँग समन्वय गरिएको बताए। रासस


प्रकाशित : बुधबार, असोज २६ २०७९१२:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend