बिहीबार , मंसिर १३ गते २०८१    
images
images

जिल्लामै छैन बसपार्क

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २६ २०७९
images
images
जिल्लामै छैन बसपार्क

बसपार्क नहुँदा अव्यवस्थित पार्किङको समस्या निम्तिएको छ। जिल्लाको सदरमुकाम कावासोतीमा बसपार्क नहुँदा झनै पार्किङको समस्या बढ्दो रहेको छ।

images
images

त्रिवेणी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा हालसम्म बसपार्क निर्माण हुन सकेको छैन। देशकै मध्यभागमा पर्ने र पूर्वपश्चिम राजमार्गले करिब ६५ किलोमिटर छुने यहाँ दैनिक सयौँ सवारी आवतजावत गर्छन्। स्थानीय तथा लामो दूरीका सवारी विभिन्न क्षेत्रबाट छुट्ने गर्दछन्। तर अझैसम्म जिल्लमा भने एउटा पनि बसपार्क निर्माण हुन सकेको छैन।

images
images
images

बसपार्क नहुँदा अव्यवस्थित पार्किङको समस्या निम्तिएको छ। जिल्लाको सदरमुकाम कावासोतीमा बसपार्क नहुँदा झनै पार्किङको समस्या बढ्दो रहेको छ। बर्सेनि यातायातको सङ्ख्या बढ्दै गए पनि बसपार्कको व्यवस्था नहुँदा राजमार्ग छेउछाउमा अव्यवस्थित पार्किङको समस्या बढ्दो रहको छ। यो समस्या भित्री सडकहरूमा समेत देखिन थालेको छ। 

images

बसपार्क नहुँदा सडक छेउछाउमा हुने अव्यवस्थित पार्किङले दुर्घटनाको जोखिमसमेत निम्ताएको छ। जिल्लामा राजमार्गसँग जोडिएका क्षेत्रहरू कावासोतीसहित दलदले, चोरमारा, प्रगतिनगर, गैँडाकोटमा सवारीको चाप थप बढ्दो रहेको छ। सबै क्षेत्रमा अव्यवस्थित पार्किङको समस्या रहेको छ। पालिकाले आवश्यकताका आधारमा साना, ठूला सवारीका लागि बसपार्कको अवधारणा बढाउनुपर्ने सरोकारवालाको भनाइ छ। 

images

'सबै क्षेत्रमा आवश्यकता पहिचान गरी ठूलो नभए पनि पार्किङ गर्न मिल्ने गरी बसपार्कको अवधारणा बढाउनुपर्छ, मुख्य बजार कावासोतीमा भने यसको अभाव खड्किन थालेको छ', स्थानीय रुपेश गिरीले भने। कावासोती जिल्लाको केन्द्र भएकाले यहाँ तत्काल बसपार्क निर्माण गर्नुपर्ने उनको भनाइ छ। पूर्वपश्चिम राजमार्गबाहेक जिल्लाको पहाडी क्षेत्र, पूर्वी पाल्पा, नवलपुरसँग जोडिएका तनहुँका केही क्षेत्रका बासिन्दासमेत नवलपुरको बाटो हुँदा आवतजावत गर्ने गर्दछन्। 

राजमार्गसँग जोडिएका विभिन्न बजारबाट त्यसतर्फ जिपहरू छुट्ने गर्दछन्। गिरीका अनुसार ती सवारी कहाँ राख्ने भन्ने चालकलाई चिन्ता भए जस्तै यात्रुलाई समेत कुन रुटका लागि कहाँ सवारी पाइन्छ भन्ने समस्यामा पर्ने गरेका छन्। उनले भने, 'बिभिन्न भित्री गाउँमा जानेलाई सवारी कहाँ पाइन्छ भन्ने चिन्ता हुन्छ, राति अलि अबेर आए कहीँ सवारी भेटिँदैनन्, कमसेकम बसपार्क भए त सवारी हुन्छ, विकल्प हुन्छ।'

जिल्ला बसपार्कको आवश्यकता रहेको र यसका लागि पालिकाहरूले पहल गर्नुपर्ने जिल्ला ट्राफिक कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका सूचना अधिकारी लेखनाथ पुरीले बताए। पालिकासँगै सम्बन्धित यातायात व्यवसायीले यसको विषयमा पहल गर्नुपर्ने र बसपार्क भए राजमार्ग छेउमा हुने अव्यवस्थित पार्किङको समस्या हट्ने उनको भनाइ छ। 

जिल्लाको सदरमुकाम रहेको कावासोती नगरपालिकाले व्यवस्थित बसपार्क निर्माणको योजना बनाएको कावासोती नगरप्रमुख विष्णुप्रसाद भुसालले बताए। बसपार्कको आवश्यकता महसुस गरी कावासोती–१६, बसपार्क निर्माणको योजना रहेको उनले बताए। 

सहरी विकास तथा भवन निर्माण आयोजनाको सहकार्यमा बसपार्क निर्माणको काम अघि बढाउने तयारी गरिएको उनको भनाइ रहेको छ। 'जिल्लामै बसपार्क छैन, त्यसमा पनि हामी सदरमुकामको पालिका, यहाँ बसपार्कको आवश्यकता छ, त्यही आवश्यकता महसुस गरी बसपार्क निर्माणको योजना बनाएका छौँ', नगरप्रमुख भुसालले भने। 


प्रकाशित : बुधबार, असोज २६ २०७९०६:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend