काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले एनआरएनले नेपाल र नेपालीहरूको दु:खमा साथ दिँदै आएकाले अब नेपालमा लगानी गर्नसमेत आग्रह गरेका छन्।
अहिले पुराना नियम कानूनसमेत परिवर्तन भइरहेकाे र लगानीका लागि सहज हुँदै गएको बताउँदै उनले अब व्यवसाय नेपालमा विस्तार गर्न आग्रहसमेत गरेका छन्। १० अर्ब लगानी फण्डमार्फत नेपालमा ल्याउने तयारी गर्नु सकारात्मक रहेकाे पनि उनले बताए।
गैह्रआवासीय नेपाली संघले आयाेजना गरेकाे वार्षिक साधारण सभामा बाेल्दै ढकालले नेपाललाई आर्थिक समृद्धिकाे बाटाेमा लैजान एनआरएन र निजी क्षेत्र मिलेर जान आग्रहसमेत गरे।
'नेपालमा लगानी गर्दा प्रतिफलका हिसाबले राम्राे छ, लगानी गर्न डराउनु पर्दैन' उपाध्यक्ष ढकालले भने।