काठमाडौं- मंगलबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँ घटेको हो।
सोमबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँ घटेर ९४ हजार रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ घटेको हो। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय १५ रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।