शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

पाँच पूर्वअर्थमन्त्री र योजना आयोगका दुई पूर्वउपाध्यक्ष चुनावी मैदानमा, को होला अबको अर्थमन्त्री?

images
images
images
पाँच पूर्वअर्थमन्त्री र योजना आयोगका दुई पूर्वउपाध्यक्ष चुनावी मैदानमा, को होला अबको अर्थमन्त्री?

पूर्वअर्थमन्त्रीहरू मध्येबाट नेपाली कांग्रेसका डा. रामशरण महत तथा महेश आचार्य, एमालेका डा. युवराज खतिवडा तथा माओवादी केन्द्रका कृष्णबहादुर महरा यसपटक चुनाव नउठ्ने भएका छन्।

images
images

काठमाडौं- आगामी ४ मंसिरमा हुने निर्वाचनमा पाँचजना पूर्वअर्थमन्त्री चुनावी मैदानमा छन्। नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, नेकपा एमालेबाट सुरेन्द्र पान्डे तथा विष्णुप्रसाद पौडेल साथै नेकपा माओवादी केन्द्रबाट वर्तमान अर्थमन्त्री जनार्दन शर्मा तथा वर्षमान पुन चुनावी मैदानमा छन्।

images
images
images

त्यस्तै, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू डा. नारायण खड्का र डा. विश्व पौडेल पनि चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचनमा कुनै पनि दलको बहुमत नआउने निश्चित छ। त्यसो हुँदा त्यसपछि जस्तोसुकै गठबन्धन सरकार बने पनि यिनै सातजनामध्येबाट कोही अर्थमन्त्री बन्ने प्रबल सम्भावना छ। 

images

पूर्वअर्थमन्त्रीहरू मध्येबाट नेपाली कांग्रेसका डा. रामशरण महत तथा महेश आचार्य, एमालेका डा. युवराज खतिवडा तथा माओवादी केन्द्रका कृष्णबहादुर महरा यसपटक चुनाव नउठ्ने भएका छन्। त्यस्तै, पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी राप्रपाका तर्फबाट समानुपातिक उम्मेद्‍वार बनेका छन्।

images

त्यस्तै, योजना आयोगका पूर्वउपाध्यक्षहरू डा. गोविन्द पोखरेल र डा. स्वर्णिम वाग्ले पनि चुनाव लड्न चाहे पनि उनीहरूलाई पार्टी नेपाली कांग्रेसले टिकट दिएन। यस्तै योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ माओवादी केन्द्रको समानुपातिक सूचीमा छन्।

images
images

चुनावी मैदानमा दर्जन बढी व्यवसायी, को कहाँबाट उठे? चुनावी मैदानमा दर्जन बढी व्यवसायी, को कहाँबाट उठे?

नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सत्ता गठबन्धनका तर्फबाट सुनसरी ४ मा उम्मेद्‍वार बनेका छन्। हाल सूचना तथा सञ्चार मन्त्री रहेका कार्कीले सुनसरी क्षेत्र नं ४ मा एमालेका जगदीश कुसियतसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। २०७४ को निर्वाचनमा एमाले माओवादी गठबन्धन हुँदा पनि कार्कीले सोही क्षेत्रबाट एमालेका रमेश श्रेष्ठलाई करिब ७ हजार मतान्तरले पराजित गरेका थिए। कार्कीले ३२ हजार ३ सय ४७ मत ल्याएका थिए भने श्रेष्ठले २५ हजार ७ सय ५० मत ल्याएका थिए। यसपटक माओवादीको पनि साथ पाएका कार्की बलिया उम्मेद्‍वार हुन्।

वर्तमान अर्थमन्त्री जनार्दन शर्मा सत्ता गठबन्धनका तर्फबाट रुकुम पश्चिमबाट चुनावी मैदानमा छन्। यसअघि पनि सोही क्षेत्रबाट प्रतिस्पर्धा गरेका शर्माले नेपाली कांग्रेसका गोपालजीजंग शाहलाई करिब १९ हजार मतान्तरले पराजित गरेका थिए। शर्माले ३४ हजार ४ सय २ मत ल्याउँदा शाहले १५ हजार ६५९ मत ल्याएका थिए। अहिले कांग्रेससँगको गठबन्धन नै रहेका कारण उनी बलिया उम्मेद्‍वार हुन्। उनले २०६४ सालदेखि नै सो क्षेत्रमा विजय हासिल गर्दै आएका छन्।

त्यस्तै माओवादी केन्द्रकै तर्फबाट वर्षमान पुन रोल्पाबाट प्रतिनिधिसभामा चुनाव उठ्दैछन्। पुनले पनि गत निर्वाचनमा कांग्रेसका अमरसिंह पुनलाई करिब २१ हजार मतान्तरले पराजित गरेका थिए। वर्षमानले ४० हजार ६ सय ४७ मत ल्याउँदा अमरसिंहले १९ हजार ९ सय ६ मत प्राप्त गरेका थिए। पुनले यसपटक एमाले उम्मेद्‍वार पूर्णबहादुर बुढामगरसँग प्रतिस्पर्धा गर्दै छन्। माओवादी र कांग्रेस बलियो रहेको सो जिल्लामा दुवै पार्टीका साझा उम्मेद्‍वार पुन बलिया उम्मेद्‍वार हुन्। 

चितवनमा पूर्वअर्थमन्त्री र अर्थशास्त्रीबीच राजनीतिक प्रतिस्पर्धा 

नेकपा एमालेका तर्फबाट उम्मेद्‍वार बनेका दुई पूर्वअर्थमन्त्रीहरूको चुनावी भीडन्त भने रोचक हुने देखिएको छ। पूर्वअर्थमन्त्री सुरेन्द्र पान्डे चितवन क्षेत्र नम्बर १ बाट उम्मेद्‍वार बनेका छन्। यसअघिका दुई निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित पान्डेको भीडन्त राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. विश्व पौडेलसँग हुने भएको छ। 

यसअघिको निर्वाचनमा पान्डेले कांग्रेसका उम्मेद्‍वार राजेन्द्रप्रसाद बुर्लाकोटीलाई करिब १६ हजार मतान्तरले पराजित गरेका थिए। त्यसबेला माओवादी र एमालेबीच गठबन्धन भएको थियो। तर, यसपटक कांग्रेसले माओवादीसँग गठबन्धन गरेको मात्रै होइन एमाले पनि विभाजित भएको अवस्था छ।

त्यति मात्रै होइन, पान्डेले यसअघि राष्ट्रिय छवि बोकेका उम्मेद्‍वारसँग प्रतिस्पर्धा गर्नुपरेको थिएन। योजना आयोगको उपाध्यक्षबाट राजीनामा गरेर प्रतिनिधिसभाको उम्मेद्‍वार बनेका डा. पौडेल पूर्वअर्थमन्त्री पान्डेमाथि भारी पर्नसक्ने आँकलन धेरैको छ। कांग्रेस, माओवादी केन्द्र तथा नेकपा समाजवादीको समेत समर्थन भए पनि पौडेललाई पान्डेसँगको प्रतिस्पर्धा सजिलो भने हुने छैन।

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल रुपन्देही क्षेत्र नं २ बाट उम्मेद्‍वार छन्। यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट पटक पटक निर्वाचित पौडेलले २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका युवराज गिरीलाई करिब दोब्बर मतान्तरले पराजित गरेका थिए। पौडेलले ४४ हजार मत ल्याउँदा करिब २२ हजार मत ल्याएका थिए।

अघिल्लोपटक माओवादी र एमालेबीचको गठबन्धन थियो भने यसपटक कांग्रेस र माओवादीको गठबन्धन छ। त्यति मात्रै होइन, एमाले फुटेर बनेको नेकपा समाजवादीका तर्फबाट राजु गुरुङ सत्ता गठबन्धनका तर्फबाट पौडेलसँग प्रतिस्पर्धा गर्दैछन्। त्यसो हुँदा पौडेलका लागि पनि यसपटकको चुनाव सजिलो हुने छैन।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका वर्तमान परराष्ट्रमन्त्री डा‍. नारायण खड्का उदयपुर क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धामा छन्। यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट उनले एमालेकी मञ्जु चौधरीलाई ५ सय ४८ मतको झिनो अन्तरले पराजित गरेका थिए। यसपटक पनि खड्काले तिनै चौधरीको सामना गर्नुपर्ने छ।

images

प्रकाशित : सोमबार, असोज २४ २०७९०४:३१

प्रतिक्रिया दिनुहोस