शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

स्टार्टअपसँग प्रतिस्पर्धा गर्न हिरो मोटोकर्पले ल्यायो भिडा ब्रान्डको शक्तिशाली विद्युतीय स्कुटर, यस्ता छन् विशेषता

images
सोमबार, असोज २४ २०७९
images
स्टार्टअपसँग प्रतिस्पर्धा गर्न हिरो मोटोकर्पले ल्यायो भिडा ब्रान्डको शक्तिशाली विद्युतीय स्कुटर, यस्ता छन् विशेषता

भिडाका यी स्कुटरले भारतमा ओला, अथर, बजाज, टीभीएस, ओकिनावालगायत अन्य स्टार्टअप ईभी कम्पनीका स्कुटरसँग प्रतिस्पर्धा गर्नुपर्ने छ।

images
images

काठमाडौं- लामो प्रतिक्षापछि अन्ततः हिरो मोटोकर्पले भारतमा आफ्नो विद्युतीय स्कुटर ब्रान्डसहित विभिन्न मोडल सार्वजनिक गरेको छ। हिरो मोटोकर्पले विद्युतीय स्कुटर भिडा ब्रान्ड नेममा ल्याएको हो। 

images
images
images

कम्पनीले शुक्रबार सार्वजनिक गरेको भिडा भी १ विद्युतीय स्कुटर दुई भेरियन्टमा उपलब्ध गराएको छ। भिडा भी १ प्लस र भिडा भी १ प्रोको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको छ। 

images
images

एक पटक चार्जमा भिडाका विद्युतीय स्कुटर १ सय ६५ किलोमिटरसम्म चल्छन्। यी स्कुटरको मूल्य १ लाख ४५ हजार भारतीय रुपैयाँदेखि सुरु हुन्छ। भिडाका यी स्कुटरले भारतमा ओला, अथर, बजाज, टीभीएस, ओकिनावालगायत अन्य स्टार्टअप ईभी कम्पनीका स्कुटरसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। भारतीय बजारमा दर्जनौं ब्रान्डका स्टार्टअपले विद्युतीय स्कुटर बजारमा ल्याएका छन्। यी मध्ये बजाज र टीभीएस भने परम्परागत दुईपांग्रे सवारी उत्पादक कम्पनी हुन्। 

images
images

हिरो मोटोकर्पका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक पवन मुन्जालले स्कुटर सार्वजनिक गर्दै यो वर्षको मार्च महिनामा सम्पूर्ण विश्वलाई गरेको वाचा पुरा भएको बताए। ‘हामीले विश्वलाई जुन वाचा गरेका थियौं त्यो आज (शुक्रबार) पूरा गर्दैछौं। हिरोको विद्युतीय सवारी उत्पादन सहायक कम्पनी हो भिडा। अक्टोबर १० देखि, भिडा विद्युतीय स्कुटरको लागि बुकिङ सुरु हुनेछ,’ शुक्रबार मुन्जालले भनेका थिए। 

हिराे मोटोकर्प भातरकाे सबैभन्दा धेरै मोटरसाइक तथा स्कुटर उत्पादक कम्पनी हो। भारतभर बिक्री तथा सेवा सञ्जाल भएको हिरोले विद्युतीय स्कुटर बिक्रीमा आफ्नो गतिलाई तीब्र बनाउन सक्छ। लामो लिगेसी रहेको हिरोले विद्युतीय सवारी उत्पादनमा ठूलो लगानी गर्न सक्ने भएकाले उसका लागि यो रेस सहज हुने देखिन्छ। 

भिडाको स्कुटरमा ग्राहकहरुका लागि धेरै सुविधाहरु उपलब्ध छ। भारतमा सार्वजनिक भएको र बुकिङ सुरु भएकाले अबको केही समय पछि यो स्कुटर नेपाली बजारमा समेत आउने छ। यस्ता छन् भिडा विद्युतीय स्कुटरका विशेषता :

उपलब्ध मुख्य विशेषता 

बजारमा उपलब्ध विभिन्न विद्युतीय स्कुटर जस्तै हिरो भिडा भी १ मा विभिन्न विशेषताहरु छन्। यसमा स्पोर्ट, राइड, इको र कस्टम गरी चार राइडिङ मोड छ। यसमा ‘लिम्प होम’ मोड पनि रहेको छ, जसले ब्याट्री चार्ज तोकिएको लेवलभन्दा कम भएमा १० किलोमिटर प्रतिघण्टाको गतिमा ८ किलोमिटरसम्म चलाउन सकिने छ। यो विशेषता हालसम्म उपलब्ध कुनै पनि ब्रान्डको विद्युतीय स्कुटरमा छैन। 

त्यसैगरी यसमा ७ इन्चको टीएफटी इन्स्ट्रयुमेन्ट कन्सोल, किलेस एक्सेस, क्रुज कन्ट्रोल, रिभर्स मोड सहित टु-वे थ्रोटल, स्मार्टफोन कनेक्टिभिटी, नेभिगेसनलगायत विशेषता छन्।

ब्याट्री र रेन्ज

हिरो भिडा भी १ प्लस र भी १ प्रोमा अलि फरक प्रकारका ब्याट्री प्याक उपलब्ध रहेको छ। यद्यपि दुवैमा रिमुभेवल ब्याट्री रहेको छ। भिडा भी १ प्लसमा ३.४४ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ, जसलाई ८ बीएचपी पावरको मोटरले सपोर्ट गर्ने छ। यसले ३.४ सेकेन्डमै शून्यदेखि ४० किलोमिटर प्रतिघण्टासम्मको गति तय गर्ने दाबी हिरोले गरेको छ। यो स्कुटरले एक पटकको फुल चार्जमा १४३ किलोमिटर रेन्ज दिन्छ।

भिडा भी १ प्रोमा केही ठूलो ३.९४ किलोवाटको ब्याट्री प्याक र उही ८ बीएचपीको मोटर छ। यसले ३.२ सेकेन्डमा शून्यदेखि ४० किलोमिटर प्रतिघण्टाको गति तय गर्ने र एक पटकको फुल चार्जमा १६५ किलोमिटर रेन्ज दिनेछ।
ब्याट्रीलाई स्कुटरमै चार्ज गर्न पनि सकिन्छ। यसलाई झिकेर र घरैमा पनि चार्ज गर्न सकिनेछ। हिरोका अनुसार सो ब्याट्रीलाई डीसी फास्ट चार्जरबाट २ घण्टामै चार्ज गर्न सकिन्छ भने एसी चार्जरबाट ५ घण्टाभन्दा बढी समयमा चार्ज गर्न सकिनेछ।

भिडाका विद्युतीय स्कुटरमा टेलिस्कोपिक फ्रन्ट फोक्र्स, रियर मोनोसक, फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक, एलईडी लाइटिङ, स्प्लिट सिट र २६० लिटर अन्डर सिट स्टोरेज छ। यो स्कुटरले ओला, टीभीएस, ओकिनावा, अथर, बजाजलगायत अन्य विद्युतीय स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ। 


प्रकाशित : सोमबार, असोज २४ २०७९०१:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend