शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

'मेनस्ट्रिम' बन्दै छ विद्युतीय कार

images
बिहीबार , असोज २० २०७९
images
'मेनस्ट्रिम' बन्दै छ विद्युतीय कार

पछिल्लो एक/दुई वर्षयता आएका विद्युतीय कारको रेन्ज वृद्धि र मूल्यमा आएको प्रतिस्पर्धा, चार्जिङ नेटवर्कको विस्तारलगायत कारण विद्युतीय कारको बिक्री उल्लेख्य वृद्धि भएको छ। 

images
images
काठमाडौं- पछिल्लो एक दशकमा विद्युतीय कारको क्षेत्रमा ठूलो उपलब्धी हासिल भएको छ। १० वर्षअघिसम्म विश्वभर सीमित मोडलका न्यून संख्यामा विद्युतीय कार उपलब्ध थिए। त्यस्तै चार्जिङ नेटवर्क त करिब परिकल्पना बाहिरै थियो।

तर १० वर्षपछिको यो समयमा संसारभर सयौंको संख्यामा रहेका विद्युतीय कार उत्पादक कम्पनीले हजारौं मोडल सार्वजनिक गरिसकेको छन्। कार बिक्रीका लागि उत्पादक कम्पनी तथा सरकारहरुले चार्जिङ नेटवर्क विस्तारमा ठूलो धनराशि खर्च गरिरहेका छन्। 

images
images
images

उपभोक्ताका लागि छनोटको असीमित विकल्प उपलब्ध भएको छ। यतिमात्र होइन विगतमा विद्युतीय कार निक्कै महँगो थियो। तर प्रविधिको विकास र प्रतिस्पर्धा बढेसँगै उपभोक्ताले तुलनात्मक रुपमा सस्तो मूल्यमा विद्युतीय कार खरिद गर्न पाएका छन्। अझ संसारभरका अधिकांश देशले विद्युतीय कारमा विभिन्न प्रकारका सहुलियत दिँदै आएका छन्। नेपालले सरकारले पनि विद्युतीय कारमा कर सहुलियत दिँदै आएकाृे छ। 

images
images

पछिल्लो एक/दुई वर्षयता आएका विद्युतीय कारको रेन्ज वृद्धि र मूल्यमा आएको प्रतिस्पर्धा, चार्जिङ नेटवर्कको विस्तारलगायत कारण विद्युतीय कारको बिक्री उल्लेख्य वृद्धि भएको छ। 

images
images

विश्वका मुख्य विद्युतीय कार बजारका रुपमा कहलिएका युरोप, चीनलगायत बजारमा विद्युतीय कार बिक्रीले हरेक समय नयाँ रेकर्ड कायम गरिरहेको छ। युरोपेली देश नर्वेमा २०२२ को जुलाईमा कुल बिक्री भएका कार मध्ये ८३ प्रतिशत कार न्यू इनर्जीमा आधारित छन्।

८३ प्रतिशतमध्ये ७०.७ प्रतिशत ब्याट्री आधारित कार र १२.३ प्रतिशत प्लगइन हाइब्रिड रहेका छन्। त्यस्तै चीनमा जुलाईमा भएको कुल कार बिक्रीमा विद्युतीयको हिस्सा २८ प्रतिशत रहेको छ। युरोपका अन्य देशमा पनि विद्युतीय सवारीको बिक्री उल्लेख्य रुपमा बढिरहेको छ। तर यसमा अमेरिका भने केही पछाडि रहेको छ। 

समग्रमा विश्व बजारमा २०२२ को जुनमा विद्युतीय कारको हिस्सा १२ प्रतिशत पुगेको छ। अमेरिकामा बिक्री भएका कुल कार मध्ये जुनमा विद्युतीय कारको हिस्सा ५ प्रतिशतमात्र रहेको छ। 

विश्वका १९ देशमा विद्युतीय कार बिक्री उत्साहजन रुपमा वृद्धि भइरहेको ब्लुम्बर्गले गरेको विश्लेषणमा उल्लेख छ। हरचिज परिवर्तनीय छ, यो विद्युतीय कारका हकमा पनि स्वतः लागु हुन्छ नै। 

अबको केही वर्षमा संसारभर जताजतै जोसुकैले विद्युतीय कारमात्र किन्ने वा प्रयोग गर्ने छन्। आगामी ४/५ वर्षमा विद्युतीय कार यति सहज हुने छ कि सबै मानिसहरुले यसलाई विद्युतीय कार नभनेर कार मात्र भन्ने छन्। हाल सीमित संख्यामा बिक्री हुँदा विद्युतीय कारलाई ‘विद्युतीय कार’ भनिदै आएको र फोसिल फ्युल कारलाई कार मात्र भन्ने गरिएको छ। अबको केही वर्षमा विद्युतीय कारलाई कार र अहिलेको कारलाई पेटोलियम/फासिल फ्युल/आईसी इन्जिन कार भनिने छ। 

स्टार्टअप कम्पनीमात्र होइन परम्परागत कार उत्पादकहरु समेत विद्युतीय कार उत्पानमा केन्द्रित भएका छन्। उनीहरुले विद्युतीय कारको रिसर्च एन्ड डेभलपमेन्ट (आरएन्डडी), चार्जिङ नेटवर्क, ब्याट्रीको रेन्ज वृद्धिलगायतमा समेत ठूलो लगानी गरेका छन्। यसको नतिजा आउने र आउँदै जोन क्रममा छ। विद्युतीय कार वा सवारीको सर्वस्वीकार्यता बढ्दै गएको र परम्परागत कार निर्माताको विद्युतीय लगावले यसलाई अझ बढाउने निश्चित छ। 

नेपालमा पनि विद्युतीय कार प्रति उपभोक्ताको चासो र उपयोग बढ्दै गएको छ। संसारभर देखिएको सेमिकन्डक्टर अभाव र सप्लाइचेन समस्याका कारण चाहे जति कार उपलब्ध हुन सकेको छैन। त्यसको प्रभााव नेपालमा पनि परेको छ। जसका कारण मागअनुसार विद्युतीय कार आपूर्ति नहुँदा नेपालमा विद्युतीय कारको बिक्री संख्या भने उल्लेख्य बढ्न सकेको छैन।

सरकारले विद्युतीय कारमा दिएको सहुलियत र कार आयातकर्ता तथा सरकारले विद्युतीय सवारीको पूर्वाधार विकास र विस्तारमा गरेको लगानीले यसप्रति उपभोक्तालाई आकर्षित गरेको छ। यो आगामी दिनमा बढ्दै जाने छ र विद्युतीय कारको स्वीकार्यत तीब्र गतिमा उँभो लाग्नेछ।


प्रकाशित : बिहीबार , असोज २० २०७९०३:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend