काठमाडौं- दसैँअघिको अन्तिम कारोबार दिन सुनको सामान्य वृद्धि हुँदा चाँदीको मूल्य भने स्थिर छ। शुक्रबार सुन प्रतितोला २ सय रुपैयाँ बढेको हो।
बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेर ९३ हजार रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने स्थिर छ। बिहीबार ११ सय ७० रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि पनि त्यति नै तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।