काठमाडौं- सरकारले राजस्व परामर्श विकास समिति खारेज गरेको छ। मन्त्रिपरिषदको बैठकले उक्त समिति खारेज गर्ने निर्णय गरेको हो।
राजस्व नीति निर्माणमा सहयोग गर्न भन्दै सरकारले गठन गरेको उक्त विकास समिति खारेज भएको हो। सरकारले राजस्व परामर्श विकास समिति गठन आदेशअनुसार गठन भएको थियो।
कर तथा राजस्वका नयाँ नीति निर्धारणका लागि सरकारलाई सल्लाह सुझाव दिनका लागि समिति गठन गरिएको हो।