बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

गल्फ लुब्रिकेन्ट्सले दसैँ यात्रुहरूलाई लक्षित गरी कार र मोटरसाइकलको फ्रि चेकअप क्याम्प सञ्चालन

images
बुधबार, असोज १२ २०७९
images
images
गल्फ लुब्रिकेन्ट्सले दसैँ यात्रुहरूलाई लक्षित गरी कार र मोटरसाइकलको फ्रि चेकअप क्याम्प सञ्चालन

गल्फले मलेखु, हेटौडा, कावासोती, खुर्कोट, बर्दिवास, कोहलपुर, अत्तरीया, लौकी इटहरीमा क्याम्प स्थापना गरेको छ।

images
images

काठमाडौं- नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलले नयाँ योजना ल्याएको छ। नेपाल ल्युब आयल लिमिटेडले दसैँमा आ-आफ्नो घर जाने यात्रुहरूलाई लक्षित गर्दै चार पांग्रे र दुइ पांग्रे सवारीसाधनलाई लक्षित गरेर फ्रि चेकअप क्याम्प आयोजना गर्दै छ। 

images
images

सो क्याम्प असोज १३ देखि १५ सम्म आयोजना हुनेछ। कम्पनीका अनुसार  नेपालीको महान चाड दसैँको अवसरमा धेरैजना सडकबाट निजी सवारी साधनमा घर फर्कने गरेका छन्। सो यात्रा आरामदायी बनाउन कम्पनीले महत्वपूर्ण ठाउँहरु प्हिचान गरी, त्यहाँ प्रि चेकअप क्याम्प आयोजना गरेको जनाएको छ। 

images
images

गल्फले मलेखु, हेटौडा, कावासोती, खुर्कोट, बर्दिवास, कोहलपुर, अत्तरीया, लौकी इटहरीमा क्याम्प स्थापना गरेको छ। सो चम्पमा कम्पनीले गल्फ इन्जिन आयलमा १० प्रतिशतसम्म छुट र स्पेयर पार्ट्समा पनि १० प्रतिशत छुट दिने जनाएको छ। 

images
images
images

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउछ।


प्रकाशित : बुधबार, असोज १२ २०७९०७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend