काठमाडौं- हेली एभरेष्टले एक वटा हेलिकप्टर थपेर तीनवटा पुर्याएको छ।
यसअघि दुईवटा हेलिकप्टरबाट सेवा दिइरहेको कम्पनीले एयरबसको हेलिकप्टर थपेको छ। बी ३ ई मोडलको हेलिकप्टर थपिएको कम्पनीले जानकारी दिएको छ।
पर्यटकीय गतिविधि बढ्दै गएकाले सेवा विस्तार आवश्यक भएको कम्पनीका प्रबन्ध निर्देशक फरग्याल्जे शेर्पाले बताए। गतिविधिसँगै माग बढेकाले थप हेलिकप्टर ल्याइएको उनको भनाइ छ।
हेलिकप्टर थपिएसँगै सेवा विस्तार हुने र कम्पनीको कभरेज पनि बढ्ने कम्पनीको विश्वास छ। सन् २०१६ देखि सञ्चालनमा आएको हेलिएभरेष्टले उच्च हिमाली क्षेत्रमा चार्टर्ड उडान, उद्धार उडान गर्दै आएको छ ।