बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

गाउँघरमा बज्नै छाडे मंगल धुन

images
बुधबार, असोज १२ २०७९
images
images
गाउँघरमा बज्नै छाडे मंगल धुन

समाजमा प्रत्यक्ष बाजागाजा अनि थिति मिलाएर सामूहिकरूपमा बजाइने मंगल धुन वास्तवमै अलौकिक छ।

images
images

काठमाडौं- नेपालीको महान पर्व दसैँ-तिहारजस्ता ठूला चाडमा मंगल धुन अर्थात मालश्री धुनले गाउँघर गुञ्जयमान बनाउँथ्यो। मंगल धुन बज्न थालेपछि हरेक नेपालीमा दसैँ-तिहार सुरु भएको आभास छाउँछ।

images
images

कुनै समय मालश्री धुन घन्किने गाउँ पछिल्ला वर्षमा सुनसानमय बनेको छ। दसैँको घटस्थापनादेखि नै गाउँ-गाउँमा पुगेर मालश्री धुन बाबुबाजेले बजाउने गरे पनि पछिल्ला वर्षमा यो धुन बजाउने व्यक्ति नहुँदा संस्कृति नै लोप भएको बताउँछन्, पाल्पा रामपुरका ५९ वर्षीय रामबहादुर बादी।

images
images

'दसैँ सुरु भएपछि विभिन्न बाजागाजा लिएर मंगल धुन बजाउने चलन हुन्थ्यो, हाम्रा पुर्खादेखि नै चलिआएको संस्कृति पछिल्ला वर्षमा कतै बजेको सुन्न पाइँदैन, बजाउने व्यक्तिको अभावमा रेकर्ड गरिएका धुन रेडियो, टिभीबाट बज्ने गरेका छन्।' मंगल धुन बजाउने कला भएका व्यक्तिको पहिचान र प्रोत्साहन नहुँदा वर्षौँदेखि गाउँघरमा चलिआएको संस्कृति अहिले हराउँदै गएको बादीको बुझाइ छ।

images
images
images

समाजमा प्रत्यक्ष बाजागाजा अनि थिति मिलाएर सामूहिकरूपमा बजाइने मंगल धुन वास्तवमै अलौकिक छ। न त कुनै शब्द छ न त कुनै बोली तर मंगल धुन अर्थात मालश्री धुन आफ्ना कर्णप्रिय र भावात्मक लयमार्फत हरेक नेपालीको मनभित्र बस्न सफल छ।

झ्याम्टा, मादल, सारंगी, ढोल, मुरलीलगायत थुप्रै बाजा मालश्री धुनमा बजाइन्छन्। रेडियो र टिभीबाट बज्ने मीठो धुनको गुञ्जनले बल्ल दसैँ लाग्यो भन्ने जनमानसमा आभाष हुन्छ। गाउँघरमा अहिले सबैका हातहातमा मोबाइल, इन्टरनेट तथा सूचना प्रविधिको सुविधाले मालश्री धुन सुन्ने गरिए पनि गन्धर्वले बजाएको धुन प्रत्यक्ष सुनेजस्तो अनुभूति नभएको बाद्यवादक टीकाराम ढकाल बताउँछन्।

'पुराना तथा आधुनिक खालका धेरै बाजा बजाउन सिकियो तर मालश्री धुन बजाउने औधी रहर भएर पनि बजाउन आएन, गाउँमा सिकाउने पुराना व्यक्ति कोही छैनन्, कोसँग सीप सिक्ने होला?', उनले भने, 'कहिलेकाहीँ घरमा युट्युबमा धुन सुनेर अभ्यास गर्छु, तर अरु बाजाको जस्तो ताल आएन।'

गाउँघर, सहरबजारमा गन्धर्वले मालश्री धुन बजाएको सुन्ने र हेर्नेको उल्लास छाउँथ्यो। गाउँका चौतारी, कोतघर, शक्तिपीठमा दुर्गा जगाउँदै मालश्री गाउँदा दसैँ आएको रौनकता बढाउँथ्यो। हिजोआज यी ठाउँमा मालश्रीका आवाज सुन्नै छाडिएको देवराज अर्याल बताउँछन्।

घटस्थापनादेखि पूर्णिमासम्म माता दुर्गा भवानीको भजन गाउँदै निकाल्ने एउटा धुन नै मालश्री हो। धुन बजाउन सीप जानेको व्यक्तिको अभाव, पुराना संस्कृतिप्रति नयाँ पुस्ताले चासो नदिँदा पर्व विशेषसँग जोडिएका मौलिक संस्कृति नै लोप हुदै गएका छन्।

पुराना पुस्तामा भएको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्नु अर्थात् आधुनिक प्रविधिको विकास र सुविधा, नयाँ पुस्ताले मौलिक संस्कृति जगेर्नामा बेवास्ता गर्दा लोपोन्मुख संस्कृति हराउन पुगेको लेखनाथ शर्मा मरासिनीको भनाइ छ।

देवीको गुनगानका लागि यो धुन बजाइने हो। पुरानो मान्यताअनुसार देवीका लागि आवश्यक पर्ने राग मालश्रीको उत्पत्ति भएको हो। मालश्री धुनलाई शास्त्रीय धुन भनिन्छ। यो धुनलाई नेपाली परिप्रेक्ष्यमा दसैँ अनि तिहारको अवसरमा बजाइन्छ, प्रयोग गरिन्छ। ठाउँअनुसार बाजागाजा र बजाउने लय पनि फरक-फरक छन्। 

मालश्री धुन, माल अर्थात् वस्तु या सामान अनि श्री भन्नाले लक्ष्मीको आशिष श्रीसम्पत्ति, धनधान्य आदि बुझिन्छ। कृषिप्रधान नेपाली समाजमा शरद ऋतुको सुरुआतसँगै आउने चाड दसैँ अनि यसै लहरसँग फुल्न तयार धानका बाला, फूल, विभिन्न प्रजातिका दानालगायत आगमनको खुसी पनि हो, मालश्री धुन। मालश्री धुनलाई दसैँ पर्वसँग मात्र सम्बन्धित नभइ शरद ऋतुको सुरुआतका रुपमा लिइन्छ। रासस


प्रकाशित : बुधबार, असोज १२ २०७९०४:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend