बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

सिप्रदीयन सहायताद्वारा काठमाडौं उपत्यका र पोखरा गरी १९ प्रमुख स्थानमा यात्रु सहायता कक्ष संचालन

images
बुधबार, असोज १२ २०७९
images
images
सिप्रदीयन सहायताद्वारा काठमाडौं उपत्यका र पोखरा गरी १९ प्रमुख स्थानमा यात्रु सहायता कक्ष संचालन

उपभोक्ता संघ तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो महँगो टिकट मूल्य, टिकट नपाउने जस्ता गुनासो आइरहेकोले त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले सहायता कक्ष राखिएको हो।

images
images

काठमाडौं- सिप्रदीयन सहायता संस्थाद्वारा महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी र यातायात व्यवस्था विभागको सहकार्यमा यात्रुको हितलाई ध्यानमा राख्दै काठमाडौं उपत्यका र पोखारा गरी १९ प्रमुख स्थानहरुमा यात्रु सहायता कक्षको व्यवस्था गरिएका हो। 

images
images

दसैँ मनाउन उपत्यका छोड्ने यात्रुहरुको सङ्ख्य उल्लेख्य रुपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौंमा बल्खु, नयाँ-बसपार्क, स्वयम्भू, चावहिल, गौशाला, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, पुरानोबसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष सुरु गरिएको छ। यस्तै उपत्यका बाहिर बनेपा, धुलिखेल र काभ्रे भन्ज्यांग र पोखरा का दुई स्थानमा पनि यात्रु सहायता कक्ष सुरु गरिएको छ।

images
images

विगतका वर्षभन्दा यो वर्ष यात्रुको संख्या अधिक बढ्ने देखिएको छ त्यसैले यात्रुहरुलाई टिकट बुकिङका क्रममा विभिन्न समस्याहरु नआओस् भनेर यो सेवा दिइएको बताइएको छ।

images
images
images

उपभोक्ता संघ तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो महँगो टिकट मूल्य, टिकट नपाउने जस्ता गुनासो आइरहेकोले त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले सहायता कक्ष राखिएको हो।

यात्रु आवतजावतको क्रममा सर्वसाधारण यात्रीलाई सुरक्षा सम्बन्धि सु-सुचित गर्नका लागि यात्रु सहायता कक्षले मनिटरिङ गर्ने छ। साथै यसले यात्रुहरुलाई उनीहरुकै सुरक्षाका लागि यो व्यवस्था गरिएको अनुभुति दिलाउने छ।


प्रकाशित : बुधबार, असोज १२ २०७९०४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend