बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

पार्किङको चपेटामा पोखराको साइकल लेन

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज ११ २०७९
images
images
पार्किङको चपेटामा पोखराको साइकल लेन

पोखरादेखि हेम्जासम्मै पुर्‍याउने योजना भए पनि बजेट अभाव कारण पूरा स्थानमा काम हुन भने सकेको छैन।

images
images

पोखरा- साइकलमैत्री सहर बनाउने उद्देश्यले पोखराको सडकमा बनाइएको साइकल लेन पार्किङको अतिक्रमणमा परेको छ। साइकल लेनको अवस्था हेर्दा सबैको हेपाइपेलाइमा परेको देखिन्छ। पोखरा महानगरपालिकाले बनाएको जिरो किलोमिटर, सिर्जनाचोक, सभागृहचोक, न्यूरोड विपीचोक र महेन्द्र पुल क्षेत्रको साइकल लेनमा जथाभाबि पार्किङ गरेको भेटिन्छ। 

images
images

स्वास्थ्य सचेतना र साइकलमैत्री सडक संरचना निर्माण हुने आशा गरिए पनि पार्किङ समस्याले साइकल यात्रीलाई निरुत्साहित बनाएको छ। 

images
images

साइकल सिटी पोखराको परिकल्पना र महानगरको लगानीमा साइकल लेन निर्माण गरिएको साइकल लेन निर्माण उपभोक्ता समितिका संयोजक राजन गोंगजुले जानकारी दिए।

images
images
images

साइकल लेन निर्माणका लागि पोखरा महानगले ३० लाख खर्चिएको संयोजक गोंगजुले बताए। महानगरले उपलब्ध ३० लाखमा उपभोक्ता समितिले ५ लाख ३० हजार उठाएर लेन बनाएको हो। उनका अनुसार रातारात काम गरेर आयोजनाको काम सकाएको हो। पोखरादेखि हेम्जासम्मै पुर्‍याउने योजना भए पनि बजेट अभाव कारण नसकिएको उनले सुनाए। आगामी दिनमा पोखराभरी नै सडकको दुवैतर्फ लेन बनाउने योजना रहेको छ। 

पोखरा महानगरले जिरो किलोमिटरदेखि महेन्द्रपुलसम्म बनाएको लेनमा साइकल चलाउँदा पटक-पटक समस्या भाग्नु परेको साइकल यात्री विश्व तण्डुकारले बताए। 'स्वास्थ्यका लागि हरेक बिहान नयाँ लेनमा साइकल चलाउँछु, साह्रै गाह्रो हुन्छ', उनले भने, 'जिरोबाट विपीचोकसम्म पुग्दा ठाउँ ठाउँमा सवारी पार्किङ गरेको भेट्छु।' साइकल लेनका बारेमा धेरैलाई ज्ञान नहुँदा सर्वसाधरण साइकल यात्रीले झनै समस्या झेलिरहेको उनको भनाइ थियो। 

'हामी ग्रुपमै हिँड्दा त यति धेरै समस्या झेल्नुपर्छ', उनले भने, 'अझै एक्लै हिँड्नेको हालत कस्तो होला, लेनका बारेमा सबैले बुझ्नुपर्ने हो, त्यसो भएको पाउँदिन।' लेनका पार्किङ नगर्न नराउनका लागि साइकल सिटी पोखराले जनचेतनामूलक कार्यक्रम गर्न लागेको साइकल सिटी पोखराका उपाध्यक्ष राजन गोंगजुले जानकारी दिए। पोखरामा दैनिक एक हजार साइकल गुड्छन्। 

साइकल सिटी पोखरामा अहिले दुई सय ५० भन्दा बढी साइकलयात्री आवद्ध रहेका छन्। संस्थामा आवद्ध नभएका त्यो भन्दा बढिरहेको उनले जानकारी दिए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आवश्यकताका आधारमा बने पनि अव्यवस्थित बनेको प्रतिक्रिया दिए। थोरै भएका कारण पनि धेरैले यसको महत्व नबुझेको उनको भनाइ छ। 

‘जति बनाएका छौँ यसले मात्र प्रायप्त नहुने रहेछ,’ उनले भने, ‘लामो गन्तव्यमा पुग्ने भएपछि बुझ्ने रहेछ, त्यसैले यसमा हामीले थप गर्ने योजना बनाएका छौँ।’ 

महानगरले पार्किङलाई थप व्यवस्थापन गरिरहेकाले केही समयपछि साइकल लेनमा पार्किङ गर्न बन्देज लगाउने प्रमुख आचार्यले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, असोज ११ २०७९१०:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend