काठमाडौं- मंगलबार सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। सोमबारको तुलनामा सुन प्रतितोला ४ सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।
सोमबार छाापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँ घटेर ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको हो। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।