बुधबार, वैशाख १२ गते २०८१    
images
images

दसैँको बेला ६ सडक पूर्णरुपमा र २२ सडक आंशिकरुपमा अवरुद्ध

images
बिजनेस न्युज
images
images
दसैँको बेला ६ सडक पूर्णरुपमा र २२ सडक आंशिकरुपमा अवरुद्ध

अवरुद्ध सडक तत्काल खुलाउनका लागि जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ।

images
images

काठमाडौं- दसैँ नजिकिँदै गर्दा हाल देशभरका महत्वूर्ण छ सडक पूर्णरुपमा र २२ आंशिकरुपमा अवरुद्ध भएका छन्।

images
images
images

साँफेबगर-मार्तडी-कोल्टी, बालाजु-त्रिशूली-धुञ्चे-स्याफ्रुबेँसी सडक, सिद्धार्थ राजमार्ग, डुम्रे-बेँसीसहर-चामे सडक, कर्णाली राजमार्ग र सुर्खेत तल्लो डुङ्गेश्वर-दुल्लु र पिपलकोट-खुलालु-मान्मा-नाग्मा-जुम्ला सडक अवरुद्ध भएका छन्।
 
वर्षाका कारण आएको बाढीपहिरोले गर्दा अवरुद्ध २२ सडक एकातर्फी खुलाएर आंशिकरुपमा सवारीसाधन सञ्चालनमा रहेका छन्। साँफेबगर-मार्तडी-कोल्टी सडक बाजुराको अम्कोट-बल्दे खण्डमा अवरुद्ध रहेको छ। अवरुद्ध रहेको स्थानमा लोडर र स्काभेटरको प्रयोग गरेर खुलाउने प्रयास भइरहेको र सँगसँगै वैकल्पिक सडकका लागि स्थानीयवासीसँग छलफल भइरहेको डिभिजन सडक कार्यालय साँफेबगरले जनाएको छ। 

images

यता बालाजु-त्रिशूली-धुन्चे-स्याफ्रुबेँसी सडक रसुवाको बनुवामा अवरुद्ध रहेको छ। सो सडक खुलाउन प्रयास भइरहेको छ भने वैकल्पिक सडक माध्यम सवारीसाधनका लागि खुलाइएको छ। कर्णाली राजमार्गको हर्रे, सेतो भिर, दरबारे, पदुका, रामघाट, किट्टुलगायतका स्थानमा सडक अवरुद्ध रहेको छ। सिद्धार्थ राजमार्ग पाल्पाको हिउँदे खोलामा अवरुद्ध रहेकामा सडक सुचारु गर्न प्रयास भइरहेको छ। 

images

जुम्लाको श्रीढुस्कामा सडक अवरुद्ध रहेकामा स्काइभेटरको प्रयोग गरी खुलाउने प्रयास जारी रहेको छ। हाल कोसी राजमार्ग, पृथ्वी राजमार्ग, डुम्रे-बेँसीशहर-चामे, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, सिद्धार्थ राजमार्ग, कर्णाली राजमार्ग, अरनिको राजमार्ग, भेरी करिडोरका विभिन्न स्थानमा एकातर्फबाट मात्रै चालु रहेको छ। 

images
images

यस वर्ष नै वर्षाका कारण अवरुद्ध सडकमध्ये हाल एक सय ४५ सडक पूर्णरुपमा सञ्चालनमा आइसकेको विभागले जनाएको छ। विगत केही वर्षयता वर्षाका कारण धेरै सडकमा क्षति पुगिरहेको छ। गत वर्ष वर्षामा मात्रै होइन कात्तिकसम्म वर्षा हुँदा धेरै सडकमा क्षति पुगेको थियो। यस वर्ष पनि देशभरका सडकका चाप बढी रहेका सडकखण्डसमेत पटकपटक अवरुद्ध भइरहेका छन्। 

अवरुद्ध सडक तत्काल खुलाउनका लागि जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ। विभागले डिभिजन सडक कार्यालयलाई वर्षा आउनु पहिलेदेखि नै उपकरणसहित तयारी अवस्थामा राख्ने गरेको जनाएको छ। रासस

images

प्रकाशित : सोमबार, असोज १० २०७९१०:१८
प्रतिक्रिया दिनुहोस