बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज ९ २०७९
images
images
हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

उद्योगबाट प्राप्त जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ देखि २०७८/०७९ सम्ममा उद्योगलाई ६५ करोड ४७ लाख १६ हजार ७८२ नोक्सान भएको छ। 

images
images

बागमती- सरकरी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल बन्द भएको छ। लामो समयदेखि निरन्तर घाटामा रहेको सो उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्य ठप्प भएको उद्योग प्रशासनले जनाएको छ।

images
images

कोइलाको अभावले विगत एक महिनादेखि सिमेन्ट उत्पादन बन्द भएको हो। उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेका अनुसार कोइला खरीदका लागि टेण्डर भइसकेकोले छिटै समस्या समाधान हुनेछ। उनले दसैँको बिदापछि उत्पादन सुरु हुने जानकारी दिए।

images
images

एक पटक टेण्डर गर्दा १३ हजार टन कोइला ट्रकमा ढुवानी भई आपूर्ति हुने गरेको छ। कोइलाको माध्यमबाट सिमेन्ट उत्पादनका लागि चाहिने कच्चा पदार्थ क्लिङ्कर बनाउने गरिन्छ। क्लिङ्कर अभावका कारण सिमेन्ट उत्पादन हुन सकेको छैन।

images
images
images

दैनिक  सात सय ५० मेट्रिकटन र वार्षिक दुई लाख ६० हजार  मेट्रिकटन  सिमेन्ट उत्पादन गर्ने उद्योगको भए पनि हाल उद्योग सञ्चालनको समयमा क्षमताभन्दा आधा अर्थात करिब चारदेखि पाँचसय मेट्रिकटन सिमेन्ट उत्पादन हुने गरेको महाप्रबन्धक पाण्डे जानकारी दिए। उत्पादन क्षमता र बिक्रीसमेत घट्दा उद्योगले निरन्तर घाटा बेहोरिरहेको छ।

उद्योगले पछिल्लो चार वर्षदेखि निरन्तर घाटा बेहोरिरहेको छ। उद्योगबाट प्राप्त जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ देखि २०७८/०७९ सम्ममा उद्योगलाई ६५ करोड ४७ लाख १६ हजार ७८२ नोक्सान भएको छ। 

आर्थिक वर्ष २०७४/०७५ मा १६ करोड ३६ लाख नाफा कमाएको सो उद्योग त्यसपछि निरन्तर घाटामा गएको तथ्याङ्कले देखाएको। आव २०७५/०७६ मा उधोगले एक करोड पाँच लाख नोक्सानी बेहोरेको थियो। त्यसपछि आव २०७६/०७७ मा २३ करोड ८२ लाख, २०७७/०७८ मा १७ करोड चार लाख उद्योगलाई घाटा भएको थियो। गत आर्थिक वर्षमा उद्योगले एक अर्ब २२ करोड आम्दनी गरेर एक अर्ब ३९ करोड खर्च गरेको बताइएको छ। गत आर्थिक वर्ष उद्योगको नोक्सानी २३ करोड रु ५५ लाख रहेको छ।

कर्मचारी, उपकरण, पुरानो प्रविधि, बजारको अभाव, मूल्य समायोजन, प्रतिस्पर्धात्मक बजारलगायतका उद्योगमा समस्या रहेको महाप्रबन्धक पाण्डेले जानकारी दिए। उनले उद्योगको वर्तमान समस्या  हटाउन र नाफामूलक बनाउनका लागि केही योजना अगाडि बढाइएको बताए। रासस   


प्रकाशित : आइतबार, असोज ९ २०७९१३:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend