बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

विकासका लागि अनुसन्धानमा आधारित नीतिको भूमिका महत्वपूर्ण हुन्छ : प्रम देउवा

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज ९ २०७९
images
images
विकासका लागि अनुसन्धानमा आधारित नीतिको भूमिका महत्वपूर्ण हुन्छ : प्रम देउवा
फाइल तस्बिर

नेपाल जस्ता विकासोन्मुख राष्ट्रको विकासमा नीति अनुसन्धान प्रतिष्ठान जस्ता अनुसन्धानमूलक संस्था अर्थात् ‘थिङ्क ट्याङ्क’हरुको भूमिका अझ महत्वपूर्ण हुने प्रधानमन्त्रीले बताए।

images
images

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि मुलुकको सर्वाङ्गीण विकासका लागि गहन अध्ययन अनुसन्धानमा आधारित नीतिको महत्वपूर्ण भूमिका हुने उल्लेख गरेका छन्।

images
images

अनुसन्धानमा आधारित नीति बनाउन अनुसन्धानमूलक संस्थाको अत्यन्त महत्वपूर्ण योगदान हुने जनाउँदै उनले नेपाल जस्ता विकासोन्मुख राष्ट्रको विकासमा नीति अनुसन्धान प्रतिष्ठान जस्ता अनुसन्धानमूलक संस्था अर्थात् ‘थिङ्क ट्याङ्क’हरुको भूमिका अझ महत्वपूर्ण हुनेमा जोड दिए।

images
images

नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित समारोहमा कार्यव्यस्तताका कारण भौतिकरूपमा उपस्थित हुन नसकी लिखित शुभकामना प्रेषित गरेका उनले समस्या समाधान गर्न धरातलीय यथार्थ र प्रमाणमा आधारित तथा दूरगामी सोचसहितका सार्वजनिक नीतितर्जुमा कार्यान्वयन हुन आवश्यक रहेको उल्लेख गरे।

images
images
images

'यस्ता नीतिले मात्र नेपालको संविधानले निर्दिष्ट गरेअनुरूप जनताका आवश्यकताको परिपूर्तिका साथै सुशासनको अभिवृद्धि गरी मुलुकको सर्वाङ्गीण विकासमा योगदान दिन सक्छन्। मुलुकमा लोकतन्त्रको सुदृढीकरण, राष्ट्रिय हितको संरक्षण गर्दै जनअपेक्षा सम्बोधन गर्न व्यावहारिक विश्वसनीय, गुणस्तरीय र कार्यन्वयनयोग्य नीतिको आवश्यकता पर्दछ र यस्ता नीति तर्जुमा गर्न गहन अध्ययन र अनुसन्धानको आवश्यकता पर्दछ। यही आवश्यकतालाई महसुस गरेर नै नेपाल सरकारले स्वायत्त प्रकृतिको नीति अनुसन्धान प्रतिष्ठान गठन गरेको हो', प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन्।

आगामी दिनमा प्रतिष्ठानले अनुसन्धानमा आधारित नीति तर्जुमामा अग्रणी भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिँदै उनले प्रतिष्ठानको क्षमता विकास र सुदृढीकरणका लागि नेपाल सरकारले आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

प्रधानमन्त्री देउवाले प्रतिष्ठानले आगामी दिनमा देशको आवश्यकता र यथार्थलाई मध्यनजर गरी मुलुकको विकासमा रूपान्तरणकारी परिवर्तन ल्याउनसक्ने नीति तर्जुमा गर्न तथा समयसयममा विभिन्न महत्वपूर्ण विषयमा सरकारलाई मार्गनिर्देश दिने किसिमका नीतिगत पृष्ठपोषण प्रदान गर्न सकोस् भन्दै प्रतिष्ठानको प्रगतिको कामना गरेका छन्। रासस


प्रकाशित : आइतबार, असोज ९ २०७९१०:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend