बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

दुई महिनाको वैदेशिक व्यापार : आयात निर्यातसँगै राजस्व पनि घट्यो 

images
आइतबार, असोज ९ २०७९
images
images
दुई महिनाको वैदेशिक व्यापार : आयात निर्यातसँगै राजस्व पनि घट्यो 

आयात निर्यात घट्दा व्यापार घाटा पनि घटेको छ। विभागको तथ्यांक अनुसार यो अवधिमा ३ खर्ब २ अर्बको व्यापार घाटा कायम भएको छ। जुन गत वर्षको तुलनामा १५ प्रतिशतले न्यून  हो। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो दुई महिनामा अन्तर्राष्ट्रिय व्यापारमा आयात निर्यातसँगै सरकारले पाउने राजस्व पनि घटेको छ। 

images
images

भन्सार विभागका अनुसार चालु वर्षको साउन र भदौमा  २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँको आयात भएको छ। यो गत वर्षको तुलनमामा १३ प्रतिशतले न्यून हो।  गत वर्ष ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँको आयात भएको थियो।

images
images

सरकारले गएको बैशाखदेखि नै आयातमा नियन्त्रण गर्ने नीति लिएको छ। सवारीसाधानसँगै अन्य केही वस्तुको आयात प्रतिबन्ध अझै जारी रहेको छ। आयात प्रतिबन्धसँगै बजारमा माग न्यून हुँदा दसैँकै मुखमा आयात घटेको छ। 

images
images
images

आयातसँगै निर्यात पनि घटेको छ। गत वर्षको तुलनामा निर्यात ३४ प्रतिशतले घटेको छ। यो वर्षको दुई महिनामा २८ अर्ब रुपैयाँको निर्यात भएको छ। गत वर्षको यही अवधिमा ४४ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो। 

आयात निर्यात घट्दा व्यापार घाटा पनि घटेको छ। विभागको तथ्यांक अनुसार यो अवधिमा ३ खर्ब २ अर्बको व्यापार घाटा कायम भएको छ। जुन गत वर्षको तुलनामा १५ प्रतिशतले न्यून  हो। 

व्यापार नियन्त्रणका कारणले आयातमा लगाम लागेको छैन। गत वर्षको तुलनामा यो वर्षको दुई महिनामा जम्मा ४४ अर्बको आयात घटेको छ। आयात जम्मा ४४ अर्बले घट्दा सरकारले राजस्व भने १६ अर्ब राजस्व गुमाएको छ।

यो बीचमा आयात घटेसँगै राजस्व पनि प्रभावित भएको छ। चालु वर्षको दुई महिनामा सरकारले भन्सारबाट ६७ अर्ब १६ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।  गत वर्षको यही अवधिमा सरकारले भन्सारबाट ८३ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।  


प्रकाशित : आइतबार, असोज ९ २०७९०८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend