काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकहरुले अब आफ्नो मोबाईल बैंकिङ्ग एप प्रयोग गरी स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्ने भएका छन्।
बैंकका १४ लाखभन्दा बढी मोबाईल बैंकिङ्ग एप प्रयोगकर्ताले यो सेवा लिनसक्ने भएका हुन्।
प्रयोगकर्ताले मोबाईल बैंकिङ्ग एपमा रहेको क्युआर भुक्तानी गर्ने बिकल्प छनौट गरि स्मार्ट क्युआर स्क्यान गरि भुक्तानी गर्न सक्ने छन्।
एनआईसी एसिया बैंकमा खाता नभएका ग्राहकहरुले पनि प्ले स्टोर वा एप स्टोरमा गइ एनआईसी एसिया मोबैंक एप डाउनलोड गरि लाईट (वालेट) अकाउन्ट रजिस्टर गरेर पनि सजिलै भुक्तानी गर्नसक्ने छन्।