शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

ईसेवाबाट बीमा शुल्क भुक्तानी गरेर इलामका अनुपम पोखरेलले जिते एक लाख 

images
बिजनेस न्युज
images
images
ईसेवाबाट बीमा शुल्क भुक्तानी गरेर इलामका अनुपम पोखरेलले जिते एक लाख 

लखपति योजनाभर इसेवाबाट बीमा शुल्क भुक्तानी गर्ने ९४ जनाले नगद  एक एक हजार रुपैयाँ  जितेका थिए। 

images
images

काठमाडौं- भुक्तानी प्रणाली सेवा प्रदायक इसेवाले सञ्चालन गरेको 'बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ' अभियान अन्तर्गत इलामका अनुपम पोखरेल बिजेता भएका छन्। 

images
images
images

पोखरेलले एक लाख रूपैयाँ जितेका हुन्। उनले नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवा मार्फत भुक्तानी गरेका थिए। इसेवाले बीमितहरुलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन गर्न भन्दै जेठ ५ गतेदेखि भदौ ५ गतेसम्म लखपति योजना सञ्चालन गरेको थियो।
  
योजनामा बम्पर उपहार बिजेता अनुपम पोखरेललाई बीमा गराउने अभिकर्ता रोहित पोखरेलले समेत २० हजार नगद पाएका छन्। पोखरेलले बीमा गरेको नेपाल लाइफ इन्स्योरेन्स्को इलाम शाखाले समेत नगद २० हजार प्राप्त गरेको छ। विजेताहरूलाई शुक्रबार एक कार्यक्रमका बीच इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले नगद हस्तान्तरण गरेका थिए। 

images

लखपति योजनाभर इसेवाबाट बीमा शुल्क भुक्तानी गर्ने ९४ जनाले नगद  एक एक हजार रुपैयाँ  जितेका थिए। 

images

नगद हस्तान्तरण कार्यक्रममा बोल्दै सापकोटाले भन्नुभयो घरमै बसेर बसेर आफ्नो बीमा शुल्क भुक्तानी गर्नका लागि प्रोत्साहन मिलोस् भन्ने उदेश्यले यो योजना ल्याइएको बताए। यसमा उत्साहजनक सहभागीता  रहेको उनको भनाइ छ। 

images
images

योजना अवधिभर इसेवामार्फत ४ अर्बबढीको  कारोबार भएको थियो। 

 

images

प्रकाशित : शुक्रबार, असोज ७ २०७९०८:३१
प्रतिक्रिया दिनुहोस