बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

सीएनआई रोजगार तथा सीप मेला अगाडि ‘स्कील ग्याप एनालाईसीस’ आयोजना

images
बिहीबार , असोज ६ २०७९
images
images
सीएनआई रोजगार तथा सीप मेला अगाडि ‘स्कील ग्याप एनालाईसीस’ आयोजना

सीएनआई रोजगार तथा सीप मेलाले विभिन्न कम्पनी तथा कामको खोजिमा रहेकाहरुलाई एकै ठाउँमा आवद्ध गर्न पुलको काम गर्नेछ।

images
images

काठमाडौं- नेपाल उद्योग परिसंघले ‘सीएनआई रोजगार तथा सीप’ मेला अगाडि दक्षता अन्तर विश्लेषण आयोजना गरेको छ। परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा आयोजना भएको यस कार्यक्रम नेपाली रोजगार बजारमा प्रवेश-स्तर र मध्य-स्तरका आवेदकहरुका लागि आधारभूत सीप, प्रवेश र मध्यम स्तरका नयाँ जनशक्ति लिने प्रक्रिया र नयाँ जनशक्ति लिदाका चुनौतीलगायत विषयमा केन्द्रित रहेको थियो। 

images
images

यसैगरी दक्ष जनशिक्त उत्पादनका लागि शैक्षिक संस्थाहरुलाई सुझाव, रोजगारीका लागि नयाँ पुस्तामा हुनुपर्ने गुण एवं दक्षतालगायतका विषयमा पनि लक्षित समूहमा गहन छलफल तथा सुझाव संकलन गरिएको छ। सूचना प्रविधी, कृषि, आतिग्थ्य लगायत क्षेत्रका ३० भन्दा बढी कम्पनी सहभागी कार्यक्रमको बौद्धिक पाटर्नर मिड भ्याली इन्टरनेशनल कलेज रहेको थियो। 

images
images

मुलुकमा हरेक वर्ष न्यूनतम ५ लाख व्यक्तिहरु रोजगारीको खोजिमा हुन्छन्। चालकदेखि व्यवस्थापन तहसम्मका लागि विभिन्न कम्पनीहरुले कर्मचारीहरु माग गरिरहेको पनि देखिन्छ। तर, एकातर्फ आवश्कता अनुसार कम्पनीहरुले कर्मचारी पाउन सकिरहेका छैनन् भने अर्कोतर्फ रोजगारीको खोजिमा रहेका व्यक्तिहरु आवेदन दिन र सम्बन्धित कम्पनीको सम्पर्कमा जान नसकिरहेको देखिन्छ। 

images
images
images

यस्तै कर्मचारी पाउने तर सीपयुक्त कर्मचारी पाउन नसक्ने अवस्था पनि विद्यमान छ। के कारणले रोजगारदाता र सम्भावित कर्मचारीबीच सामन्जस्यता हुन सकिरहेको छैन? यसका लागि निजी क्षेत्र, सरकारी निकायहरुको कस्तो भूमिका आवश्यक पर्छ? भन्ने विषयमा केन्द्रित रहेर ‘सीएनआई रोजगार तथा सीप मेला’ आयोजना गर्न लागिएको छ।   

सीएनआई रोजगार तथा सीप मेलाले विभिन्न कम्पनी तथा कामको खोजिमा रहेकाहरुलाई एकै ठाउँमा आवद्ध गर्न पुलको काम गर्नेछ। यस्तै रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ती कसरी गर्न सकिन्छ भन्ने विषयमा वृहद छलफल पनि हुनेछ।


प्रकाशित : बिहीबार , असोज ६ २०७९१२:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend